भैरहवा । ई–रिक्सामा अब क्यूआर कोडबाट भूक्तानी गरिने प्रणाली शुरु भएकाे छ । नेपालमा डिजिटल बैंकिंङ्ग सर्वसाधारणको पहुचसम्म पु¥याउने उद्धेश्यकासाथ भैरहवा क्षेत्रमा संचालित रिक्साहरूमा क्यूआर कोडबाट भूक्तानी गरिने प्रणालीकाे अाज शुभारम्भ भएकाे छ । शाइन रेसुंङ्गा डेभलपमेण्ट बैंकले क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणाली हुनेछ ।
बिहिबार नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले कार्यक्रम शुभारम्भ गरेका छन । नेपालमा डिजिटल भूतानी प्रणालीलाई सरल, सहज र सर्वसाधारणको पहुंचसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियानको रुपमा शुरु गरेको फूयालले बताए । यसबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुंदा सबैलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न आग्रह गरे । कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले डिजिटल भुक्तानी प्रणालीमा बैंकले यस क्षेत्रका स–साना ब्यपारीहरुलाई प्रोत्साहन गर्दै अगाडि बढिरहेको बताए ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश कुमार न्यौपानेले क्युआरकोड प्रणालीमा सबैलाई आबद्ध हुन आग्रह गर्दै यस क्षेत्रका बैंक वित्तीय संस्थाहरु र ब्यपारीहरुलाई क्यूआरकोड भुक्तानी प्राणालीको जानकारी र प्रयोगको बारेमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले सहजीकरण गरिरहेको बताए । आगामी दिनमा स साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु र लोकल बसहरुमा पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउदै लैजाने बताए । रिक्सा चालक संघका अध्यक्ष हरि बहादुर नेपालीले भैरहवामा संचालित सबै ई–रिक्साहरुमा क्रमशः क्युआरकोड भूक्तानी लागु गरिने बताए । उक्त कार्यक्रममा ई–रिक्सा चालक संघका पदिधिकारी, ई–रिक्सा चालकहरु र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । भैरहवा क्षेत्रमा करिब दूईसय पचास ई–रिक्सा चालकहरु संघमा आबद्ध भई सञ्चालनमा रहेका छन् ।