Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बाढी पहिरोका कारण पछिल्लो १९ दिनमा ३३ को मृत्यु, ३३ बेपत्ता


  • लुम्बिनी चिन्तन
  • आषाढ १८, २०७८ शुक्रवार
  • 958
    SHARES

बाढी पहिरोका कारण पछिल्लो १९ दिनमा ३३ को मृत्यु, ३३ बेपत्ता

काठमाडौं । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशभर गत जेठ ३१ यता नेपालमा बाढी पहिरोका कारण ३३ जनाको मृत्यु भएको छ ।  मनसुन जन्य १७८ घटना भएका छन् । त्यसमा हालसम्म ३० जना अझै बेपत्ता भएका छन्। घाइतेको सङ्ख्या ३२ पुगेको छ।वर्षाका कारण भएका विभिन्न विपद्का घटनाहरूमा ४८३ घरहरू पूर्ण रूपमा क्षति भएका छन् भने ११२ घरहरूमा आंशिक क्षति भएको छ ।

त्यस्तै ३६ वटा सरकारी कार्यालय, ६ वट सामुदायिक भवन ÷ विद्यालय, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल र त्यति नै सङ्ख्यामा जलविद्युत आयोजना, पाँच वटा सवारी गुड्न योग्य काठका पुल र दुई वटा ब्याङ्क तथा वित्तीय संस्थामा क्षति भएको तथ्याङ्कमा छ ।

देशको विभिन्न भागमा निरन्तर मनसुनी वर्षा हुँदा जनधनको व्यापक क्षति भएको सरकारी आकलन छ । मुलुकका प्रमुख राजमार्गहरू सहित विभिन्न सडक खण्डहरू पनि प्रभावित भएको बताइएको छ।

निरन्तर वर्षाका कारण आएको बाढी र नदीमा बढेको बहावका कारण कतिपय स्थानमा पुल र सडक लगायतका संरचनाहरू भत्किएका छन्।

हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा ’’वर्षा भइरहेको र भारी वर्षाको पनि सम्भावना रहेको’’ सरकारी निकायहरूले जनाएका छन्। यस क्षेत्रमा बुधवारबाट मनसुन थप सक्रिय भएको र शुक्रवारसम्म कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 


लुम्बिनी चिन्तन

थप समाचार