Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

१० बुंदें माग सहित नेपाल शिक्षक महासंंघको नगरपालिकामा धर्ना


  • लुम्बिनी चिन्तन
  • आषाढ १८, २०७८ शुक्रवार
  • 1.4K
    SHARES

१० बुंदें माग सहित नेपाल शिक्षक महासंंघको नगरपालिकामा धर्ना

भैरहवा । नेपाल शिक्षक महासंघ सिद्धार्थनगर रुपन्देहीले सिद्धार्थनगर नगरपालिका कार्यालयमा धर्ना दिएको छ । कोभिड विरुद्धको खोपको मागमा शिक्षा क्षेत्रमा काम गर्ने शिक्षक,कर्मचारीलाई प्राथमिकतामा राखिनुपर्ने माग महासंघको छ ।

शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई अविलम्ब कोभिड–१९ विरुद्धको खोपको व्यवस्था सहित विभिन्न १० बुदे माग सहित नेपाल शिक्षक महासंघ स्थानीय आन्दोलन परिचालन समिति सिद्धार्थनगर, रुपन्देहीले कार्यालय अगाडि शुक्रबार दिउंसो एक बजे सम्म धर्ना दिएको हो ।

कोभिडؘ१९बाट मृत्युवरण गरेका शिक्षकलाई उचित क्षति पुर्ती प्रदान गर्नु पर्ने, बाल शिक्षक तथा लकर्मचारीहरुको स्थानीय तह पिच्छेको फरक व्यवस्था हटाई केन्द्रबाटै एकमुष्ट तलबको व्यवस्था हुनु पर्ने, राहत तथा अनुदान र उच्च मावि शिक्षकमा कार्यरत शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्न, दश वर्ष एउटै पदमा कार्यरत शिक्षकहरुलाई हरेक दश वर्षमा नियमित बढुवा गर्नुपर्ने जस्ता माग राख्दै शिक्षक महासंघले चरणबद्द आन्दोलनको कार्यक्रम अन्तर्गत धर्ना कार्यक्रम गरेको शिक्षक महासंघ स्थानीय आन्दोलन परिचालन समिति सिद्धार्थनगर, रुपन्देहीका संयोजक गणेश भट्टराईले बताए ।

त्यस्तै संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, निजामति सरह सेवा सुविधा प्रदान गर्नुपर्ने, शिक्षकको वृद्धिविकास संघीय सरकारमार्फत गर्नुपर्ने, संघीय बजेटमा बजेटको २० प्रतिशत रकम शिक्षामा विनियोजन गर्नुपर्ने तथा शिक्षक महासंघ र सरकारबीच भएको ३० बुदे सहमति कार्यान्वयन हुनुपर्ने महासंघको माग छ ।

कोरोना संक्रमणबाट यस जिल्लामा २२ जना शिक्षकले ज्यान गुमाए पनि सरकारले कुनै किसिमको क्षतिपूर्ति उपलब्ध नगराएको, शिक्षक महासंघ संग सरकारले गरेको सम्झौताहरु कार्यान्वयन नगरेको र अहिले विषम परिस्थितिमा पनि खोप उपलब्ध नगराएकोले आन्दोलनमा आउनु परेको संयोजक भट्टराईले भने ।

महासंघको केन्द्रीय कार्यक्रम अनुसार चौथो चरणको आन्दोलन अन्तर्गत स्थानीय तहको कार्यालयमा धर्ना कार्यक्रम गरिएको नेपाल शिक्षक संघ सिद्धार्थनगरका अध्यक्ष अब्दुर्रहमान खानले बताए । शिक्षक महासंघ स्थानीय आन्दोलन परिचालन समिति सिद्धार्थनगर, रुपन्देहीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्साललाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । नेपाल शिक्षक महासंघ सिद्धार्थनगर समितिका अध्यक्ष चर्तुभुज रेग्मीको अध्यक्षतामा धर्ना कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार