Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

उद्योगी व्यवसायीद्वारा खोप सुनिश्चितताका लागि अपिल


  • लुम्बिनी चिन्तन
  • आषाढ १८, २०७८ शुक्रवार
  • 1.2K
    SHARES

उद्योगी व्यवसायीद्वारा खोप सुनिश्चितताका लागि अपिल

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले खोपको सुनिश्चितताका लागि अपिल गरेको छ ।

संघले शुक्रबार विज्ञप्ती जारी गर्दै छिटो भन्दा छिटो खोप उपलब्ध गराउन नेपाल सरकार समक्ष माग गरेको हो । कोरोना संक्रमण र नियन्त्रणको महत्वपूर्ण उपाय कोभिड भ्याक्सिन रहेको विश्वका कतिपय राष्ट्रमा पुष्टि भएकोले अर्थतन्त्रका फ्रन्टलाइलर नीजि क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई कोभिड संक्रमणबाट सुरक्षा प्रदान गर्नका लागि प्रमुख प्राथमिकतामा राखी खोपको व्यवस्था छिटो भन्दा छिटो उपलब्ध गराउन नेपाल सरकार समझ माग गरेको हो ।

समय क्रमसंगै कोरोनाको थप कडा प्रकृतिको भेरियन्ट आउदै गर्दा निषेधाज्ञा मात्र कोरोना संक्रमण रोकथामको विकल्प नभएको भन्दै उद्योगी व्यवसायी र मजदुरलाई मनोवैज्ञानिक रुपमा समेत सुरक्षित बनाउन र जीर्ण भएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि खोपको सुनिश्चिचता गर्नु पर्ने संघको अपिल छ ।

कोभिडको दोस्रो लहरको संक्रमणबाट उद्योगी व्यवसायीहरुले उपचारको सुविधा समेत पाउन नसकी असामयिक ज्यान गुमाउनु परेको यर्थाथ तथा संवैधानिक अधिकार अनुसार जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु सरकारको मुख्य दायित्व भएको संघले सार्वजनिक गरेको अपिल पत्रमा उल्लेख  छ ।

कोरोना संक्रमण रोकथामको लागि भएको निषेधाज्ञाको समय थप गर्दै जादा लगातारको बन्दले बैंक व्याज, घर भाडा, कर विभिन्न सरकारी राजश्व, कर्मचारी तलब आदी भुक्तानी गर्नु पर्ने दबाबका कारण उद्योगी व्यवसायीहरु ज्यादै मर्कामा परेका र व्यवसयबाट पलायन हुने, टाट पल्टिने अवस्थामा पुगिसकेको कार्यावाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठद्वारा जारी अपिल पत्रमा उल्लेख छ ।

निषेधाज्ञा मात्र कोरोना संक्रमण रोकथामको विकल्प हुन नसक्ने भन्दै संघले शुक्रबार विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । ­संघले जेठ ९ गते पनि खोपको उपलब्धता सुनिश्चित गर्न माग गर्दै विज्ञप्ती जारी गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार