भैरहवा । रुपन्देहीमा कोरोनाको संक्रमणमा वृद्धि भएको छ । शुक्रबार १५ जना संक्रमण मुक्त हुंदा ४५ जना नयां संक्रमित थपिएका छन । जिल्ला भरी २१० जनाको आरटी पिसिआरबाट परिक्षण गर्दा २१ दशमलव ५ प्रतिशत अर्थात ४५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा जिल्लाका ९ वटा पालिकाका २१ महिला र २४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार थपिएका संक्रमित मध्ये सबै भन्दा बढी सैनामैना नगरपािलकामा ४ महिला ७ पुरुष गरी ११ जना रहेका छन । त्यस्तै बुटवल उपमहानगरपालिकमा ५ महिला सहित ९ जना, मायादेवीमा ६ जना, तिलोत्तमा र देवदहमा ५–५जना, सिद्धार्थनगरमा र सुद्धोधनमा ३–३ जना, कंचनामा २ जना र ओमसतियामा १ जना संक्रमित थपिएको कोभिड फोकल पर्सन समेत रहेका शाहले बताए । आज जिल्लामा मृत्यु हुनेको संख्या शुन्य छ ।
कार्यालयका अनुसार हालसक्रिय संक्रमित २ सय ९५ पुगेको छ । जस मध्ये ६० जनामा लक्षण देखिएकोले अस्पतालमा अस्पतालमा उपचाररत छन भने बाकी २ सय ३५ जना होम आइसोलशनमा रहेका छन ।