Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

गम्भिर प्रकृतिका विरामी र परिवारलाई २५ –२५ हजार सहयोग


  • लुम्बिनी चिन्तन
  • आषाढ १९, २०७८ शनिवार
  • 730
    SHARES

गम्भिर प्रकृतिका विरामी र परिवारलाई २५ –२५ हजार सहयोग

भैरहवा । सिद्धार्थनगर भैरहवा परिवार–बेलायतले नगरका तीन जना गम्भिर विरामीलाई आर्थिक सहयोग गरेको छ ।

बेलायतमा रहेका भैरहवा क्षेत्रका नेपालीहरुले संकलन गरेको रकम रुपन्देहीका गम्भिर बिरामीलाई शनिबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । परिवारको बेलायत संयोजक शर्मिला हिराचनको पहलमा भैरहवाका स्थानीय समन्वयकर्ता ओम कुमार श्रेष्ठ मार्फत सो रकम जनही २५–२५ हजार विरामी र परिवारलाई प्रंदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल क्यान्सर सर्पोट गु्रपका केन्द्रीय उपाध्यक्ष दिलिप भट्टराईले सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी मृगौला सम्बन्धी रोगबाट ग्रसित अर्जुन राना, पाठेघरको क्यान्सर भइ उपचार गराइरहेकी सिद्धार्थनगर–८ की मञ्जु राना र मृगौला सम्बन्धी रोगबाट पीडित कञ्चन गाउंपालिका–५ की आयुषा पाण्डेको उपचारको लागि रकम हस्तान्तरण गरे ।

बेलायतमा रहेका ४१ जना नेपालीबाट ४ लाख रुपैयां संकलन भए पनि सो रकम मध्ये २४ हजार रकम निषेधाज्ञाको समयमा युनिभर्सल मेडिकल कलेजमा उपचाररत विरामी र कुरुवाका लागि २ दिन खाना वितरणमा खर्च गरिएको श्रेष्ठले बताए । शनिवार तीन जना बिरामीलाई जनही २५ हजार गरी ७५ हजार रुपैयां प्रदान गरिएको स्थानीय समन्वकर्ता श्रेष्ठ बताए ।

संकलित रकम मध्ये बांकी रहेको रकम विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने र स्मरण रहने गरी भैरहवाको बर्मेलीटोलमा पार्क निर्माण गर्ने सोंच रहेकोे श्रेष्ठले जानकारी दिए ।

शनिबार विरामीलाई रकम हस्तान्तरण गर्ने क्रममा योजनाबारे जानकारी गराएका थिए । श्रेष्ठका अनुसार भैरहवाको बजारमा देखिने र सधै स्मरण हुने एक पार्कको अवधारणा ल्याएको स्थानीयको सल्लाह सुझावमा सो योजना अघि बढाइने उनले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल क्यान्सर सर्पोट गु्रपका केन्द्रीय उपाध्यक्ष दिलिप भट्टराईले सरकारले नागरिकको हकहितको लागि काम गर्न नसकेको बेला यहांका स्थानीय युवा र विदेशमा रहेका नेपालीहरुले सहयोग गरेको बताए । उनले कोभिड–१९ महामारीको विषम परिस्थितिमा पनि सरकारले नागरिकको लागि काम गर्न नसकेको गुनासो गरे ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक डेपुटी सेक्रेटरी सचिव विजय पाण्डेले राम्रो कामको सुरुवात भएको बताए । उनले विभिन्न समयमा हुने यस्ता कार्यले समाजमा सकारात्मक सन्देश जाने बताए । लायन्स क्लब अफ बोहिमियन्सका अध्यक्ष कृतेश कुमार श्रेष्ठले पार्कको नमुना प्रस्तुत गरे ।

लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश के.सी.ले सामाजिक रुपान्तरण र यस क्षेत्रको विकासको लागि मिडीयाले एकढिक्का भएर सहयोग गर्ने बताए । उनले विपन्न परिवारको उपचारका लागि विभिन्न सामाजिक संघ–संस्थाको सहकार्यमा नागरिक उपचार कोष स्थापना गर्नुपर्ने आवश्यकता औल्याए । सो अवसरमा यस क्षेत्रका अगुवाहरुले कुनैपनि योजना बनाउदा दीर्घकालिन रुपमा सोंचेर काम गनुपर्ने सुझाव दिएका थिए । हतारमा निर्माण गरिएका कतिपय संरचना सडक विस्तारका क्रममा भतकाउनु पर्ने वा स्थानान्तरण गर्नुपर्ने अवस्थालाई ध्यान दिन सुझाए । पत्रकार मनोरञ्जन शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार