Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीको सैनामैनाबाट लागूऔषध सहित ३ जना पक्राउ


  • लुम्बिनी चिन्तन
  • आषाढ १९, २०७८ शनिवार
  • 1.3K
    SHARES

रुपन्देहीको सैनामैनाबाट लागूऔषध सहित ३ जना पक्राउ

भैरहवा । रुपन्देहीको सैनामैनामा प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं १० बेमतेनी बस्ने बर्ष १८ वर्षीय दिल बहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं ९ भलवाड बस्ने २४  वर्षीयको रमेश बहादुर आचार्य र कपिलबस्तु ९ जिनुवा बस्ने २५ वर्षीय रमेश मरासिनी रहेका छन्।

उनिहरुको साथबाट  लागुऔषध (खैरो हिरोईन) ४ ग्राम ५०० मिलिग्राम फेला पारी बरामद जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले जानकारी दिए।

पक्राउ परेका विरुद्ध जिल्ला अदालतबाट लागुऔषध मुद्धामा दिन ५ को म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार