Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कपिलवस्तु गोली काण्डका फरार अभियुक्त पक्राउ


  • लुम्बिनी चिन्तन
  • आषाढ १९, २०७८ शनिवार
  • 1.7K
    SHARES

कपिलवस्तु गोली काण्डका फरार अभियुक्त पक्राउ

कपिलवस्तु। कपिलवस्तुमा ३ वर्षअघि गोली  प्रहार गरी एक जनाको हत्या गरि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  २०७५ साल चैत्र १७ गते सांझ साढे ९ बजेको समयमा जिल्लाको कृष्णनगर नगरपालिका–१० बिद्यानगरका ५५ बर्षीय पारस पुरीलाई तीन जना ब्यक्तिको समूहले गोली हानेर हत्या गरेका थिए ।

हत्या घटनाका मुख्य अभियुक्त  भनिएका सोही जिल्लाको  साविक गणेहपुर गाविस–१ ( हाल विजयपुर गाउंपालिका –७) का  ५० बर्षीय लालबही प्रेमकुमार भनिने शुपति कुर्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निजलाई महाराजगञ्ज नगरपालिका–१० हर्दौना स्थित नेपाल भारत सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार  हत्या गरिएका पारस पुरी कामदारहरु बैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न थिए । हत्या अभियुक्त कुर्मीलाई ‘तिम्रो छोरा दिनेश कुर्मीलाई विदेश पठाई दिन्छु’ भनि १ लाख १५ हजार रुपैयां लिई बैदेशिक रोजगारीका लागि बहराइन पठाएका थिए । त्यहां पुगेपछि छोराले राम्रो कम्पनीमा काम  र तलव  नपाएको भन्दै पुरीसंग विदेश पठाउंदाको उक्त रकम पटक पटक फिर्ता मागेका थिए । उनले नदिएपछि सोही रिसईवी साँधेर हत्या गरेको प्रहरीको भनाइ छ ।


लुम्बिनी चिन्तन

थप समाचार