Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीको जोर बिजोर यथावत, निषेधाज्ञा एक साता थपियो


  • लुम्बिनी चिन्तन
  • आषाढ २१, २०७८ सोमवार
  • 1.5K
    SHARES

रुपन्देहीको जोर बिजोर यथावत, निषेधाज्ञा एक साता थपियो

भैरहवा । कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो पार्दै असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार सूचना जारी गर्दै असार २२ गते बिहान ६ बजेदेखि असार ३१ गते राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

कार्यालयले पछिल्लो समय कोरोना जोखिम घट्दै गएकोले निषेधाज्ञालाई खुकुलो बनाउदै लगिरहेको छ । आज बसेको बैठकले निषेधाज्ञा कार्यान्वयनमा नकारात्मक असर हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै आर्थिक गतिविधी चलायमान बनाउन र जोरविजोर चलेका सवारीसाधनलाई यथावत राखी स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्न सकिने गरी निर्देशन दिएको छ ।

भेला, भिडभाड, महोत्सव जात्रा, सभा जुलुस लगायत भिडभाड हुने कुनै पनि क्रियाकलाप सञ्चालन गर्न नपाइने प्रशासनद्धारा सोमबार जारी सूचनामा उल्लेख छ ।

त्यस्तै निषेधाज्ञालाई केही खुकुलो बनाउने गरी प्रशासनले मासु, माछा, तरकारी, फलफूल दुग्धजन्य सामग्री स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म र अन्य व्यवसाय बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न पाइने जनाएको छ । त्यस्तै विकास निर्माणका कार्यलाई निरन्तरता दिन निर्माण सामग्री बोकेका सवारी साधन बेलुका ६ बजेदेखि बिहान ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रङ्गशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटिपार्लर, सैलनु, फुटपाथ पसललगायत सेवालाई निषेधाज्ञाको समयमा  सञ्चालन अनुमति दिइएको छैन ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार