Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

स्रोत नखुलेको ३२ लाख रुपैया सहित भैरहवाबाट २ जना पक्राउ


  • लुम्बिनी चिन्तन
  • आषाढ २२, २०७८ मंगलवार
  • 1.2K
    SHARES

स्रोत नखुलेको ३२ लाख रुपैया सहित भैरहवाबाट २ जना पक्राउ

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर १ वाइपासबाट स्रोत नखुलेको रुपैया सहित २ जना पक्राउ परेका छन । 

मंगलबार दिउसो पौने २ बजे ईलाका प्रहरी कार्यालय वेलहीयाबाट खटेको टोलीले चेकजाच गर्ने क्रममा वेलहिया वाईपासबाट एक भारतिय सहित २ जनालाई स्रोत नखुलेको रकम ३१ लाख ९०  हजार सहित पक्राउ गरेको जिल्ला प्हरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए ।

लु २१ प २२१२ नम्बरको स्कुटीमा सवार सिद्धार्थनगर १ बस्ने २१ वर्षीय विनय कलवार र भारतको उत्तरप्रदेश नौतनवा बस्ने अन्दाजी ३५ वर्षीय सुरज गौणलाई उक्त रकम सहित प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शंकास्पद देखिएको उनीहरु सवार स्कुटी रोकी चेकजाच गर्दा उनीहरुको साथमा रहेको झोलाबाट उक्त रकम प्राप्त भएको हो । स्रोत नखुलेको रकम, पक्राउ परेको व्यक्ति र स्कुटी सहित आवश्यक कारवाहीको लागि मंगलबार नै राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको कार्यालयले जानकारी दिएको छ ।


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार