Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रजातन्त्र दिवसमा भैरहवा कारागारबाट ६ कैदीको सजाय मिनाहा


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ७, २०७७ शुक्रवार
  • 874
    SHARES

प्रजातन्त्र दिवसमा भैरहवा कारागारबाट ६ कैदीको सजाय मिनाहा

भैरहवा । जिल्ला कारागार रूपन्देही भैरहवाबाट ६ जना कैदीको सजाय मिनाहा भएको छ ।
विभिन्न मुद्धाको सजाय काटिरहेका ६ जनालाई कैदीलाई बाँकी कैद मिनाहा हुनेगरि प्रजातन्त्र दिवसको अवसरमा जेलमुक्त गरिएको हो ।

जिल्ला कारागार रुपन्देहीका जेलर नारायण पन्थीका अनुसार १३ जना मापदण्डमा पुगेका कैदीहरुको सिफारिस पठाएकोमा कर्तव्य ज्यानका १ जना, लिखित सम्बन्धी कसुरको १ जना, सवारी ज्यान मुद्धाको २ जना र सवारी अंगभंगको २ जना कैदी गरी ६ जनाको  कैद मिनाहा भएकोे छ ।

news nepal cast frame.jpg
प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानीव्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीको छुट दिने मापदण्डका आधारमा छुट दिने गरिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई कैदबन्दी मिनाहा गरेकी हुन । 
सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो । अदालतबाट भएको फैसला बमोजिम लागेको अवधिको ५० प्रतिशत कैद सजाय भोगिसकेपछि असल चालचलन देखिएकालाई प्रजातन्त्र दिवसको अवसरमा बाँकी कैद सजाय माफी हुने गरेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार