पाल्पा । प्रोजेक्ट होपको सहयोगमा विभिन्न अस्पताललाई सहयोग गर्दे आईरहेको प्रतिमान निमा स्मृति प्रतिष्ठानले पाल्पाको रामपुर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
अक्सिजन सिलिण्डर, अक्सिजन रेगुलेटर, अक्सिजन कल्सन्टेटर सात÷सात थान, मेडिकल टेण्ट सेट एक थान, बाईफाप मेसिन एक थान, आईसियु बेड एक थान, पिपिई सेट एक सय २५ थान, सर्जिकल मास्क पाँच सय पिस, फेससिल्ड एक सय थान, सेनीटाईजर ५० लिटर मंगलवार अस्पताललाई हस्तान्तरण गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष बासुदेव शर्मा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कोभिड १९ ले विश्व आक्रान्त बनाएको यस परिवेशमा कोरोना नियन्त्रण तथा रोकथामका प्रयासहरु थु्रपै भएको बताउँदै नियन्त्रण गर्ने उपाय भनेको स्वास्थ्य सामग्री रहेको बताए ।
नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले यस संस्थाले गरेको सहयोगप्रति धन्यवाद दिदै रामपुर अस्पतालमा कोभिड वार्ड संचालनमा आएपछि उपचार सेवा लिन सजिलो परेको र अस्पतालका स्वास्थ्यकर्मीले प्रभावकारी सेवा दिएको बताइन् ।
रामपुर अस्पताल विकास अधिकृत डाक्टर विकास शर्माले रामपुरमा अहिलेको अवस्थामा कोरोना संक्रमणको दर नघटेको बताउँदै अस्पतालमा शंकास्पद एन्टिजेन परिक्षण गर्न आएकामध्ये ८० जनामा रिपोर्ट पोजेटिभ देखिएको हुँदा सर्तक रहन सबैलाई आग्रह गरे।
प्रतिमान निमा प्रतिष्ठानका निर्देशक धर्म केसीले लुम्बिनी प्रदेशका तीन वटा प्रादेशिक र दशवटा जिल्लाका अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरिएको जानकारी दिइन् । कोभिड १९ को महामारीमा स्वास्थ्य उपचारमा सहज होस् भनी अस्पतालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको निर्देशक केसीले बताइन्।