Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा २८ प्रतिशतमा संक्रमण,  सक्रिय संक्रमित ३ सय ५६


  • लुम्बिनी चिन्तन
  • आषाढ २३, २०७८ बुधवार
  • 568
    SHARES

रुपन्देहीमा २८ प्रतिशतमा संक्रमण,  सक्रिय संक्रमित ३ सय ५६

भैरहवा ।  रुपन्देहीमा सक्रिय संक्रमितको संख्या बृद्धि हुदै गएको छ । बुधबार परीक्षण गरिएका नमुना मध्ये २८ प्रतिशतमा संक्रमण पुष्टी भएको छ ।

संक्रमण दिनानुदिन बढ्दै जानु र निको हुनेको संख्यामा कमि आउनाले जिल्लामा दश दिन देखि सक्रिय संक्रमितको संख्या बढ्दै गएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङक असार १३ गते जिल्लामा २ सय १ जना सक्रिय संक्रमित रहेकोमा बुधबार बढेर ३ सय ५६ पुगेको छ ।

आज मात्रै जिल्लामा ४२ जना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा जिल्लामा २६ महिला र १६ पुरुष गरी ४२  जना मात्र संक्रमित थपिएका हुन । एक सय ४९ जनाको आरटी पीसीआर परिक्षण गर्दा २८ दशमलव ३ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढि तिलोत्तमामा ६ महिला र ६ पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बुटवलमा ९ महिला र २ पुरुष गरी ११ जना, सिद्धाथएनगरमा १० जान संक्रमित थपिएका छन ।

त्यस्तै सैनामैना मा ६ जना, कंचनमा २ जना र देवदहमा १ जनामा संक्रमण पुष्टि भएको छ । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको ज्यान नगएको पनि हालको तथ्याङकमा १२ जना संक्रमण भई मृत्यु भएको संख्या जोडिएको छ । जिल्लामा हाल सम्म ५ सय २ जनाको र्मतयु भएको छ ।

 अब जिल्लामा कुल संक्रमित मध्ये १ प्रतिशतमात्रै सक्रिय संक्रमित रहेको र २ प्रतिशतले ज्यान गुमाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । संक्रमित मध्ये ९७ प्रतिशतले कोरोना जितिसकेका छन ।

हाल सम्म २८ हजार ४सय ५० जना संक्रमित जिल्लाभरि देखिएकोमा २७ हजार ५ सय ९२ जना निको भइसकेका छन । यस्तै सक्रिय संक्रमित ३ सय ५६ जना मध्ये ६५ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन भने २९१ जना होम आइशोलेशनमा छन । 

 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार