Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

११ महिनामा सवा तीन अर्बको क्लिंकर आयात


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०७८ शुक्रवार
  • 500
    SHARES

११ महिनामा सवा तीन अर्बको क्लिंकर आयात

मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको दाबी गरिए पनि चालू आर्थिक वर्षमा तयारी सिमेन्ट तथा स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थ क्लिंकरको आयात बढेको छ । भन्सार विभागका अनुसार जेठ मसान्तसम्म तीन अर्ब २० करोड रुपैयाँ बराबरको क्लिंकर आयात भएको छ । यस्तै, तयारी सिमेन्टको आयात पनि उल्लेख्य बढेको छ ।

विभागका अनुसार चालू आवको जेठसम्ममा चार करोड २२ लाख ७१ हजार किलो क्लिंकर आयात भइसकेको छ । जसको भन्सार मूल्यांकन तीन अर्ब २० करोड २८ लाख छ र यसबाट एक अर्ब ५९ करोड ४१ लाख रुपैयाँ बराबरको राजस्व प्राप्त भएको छ । यसरी सरकारी राजस्वमा सिमेन्ट तथा क्लिंकर पनि बर्सेनि ठूलो स्रोत बन्दै आएको छ ।

यता स्वदेशी सिमेन्ट उद्योगहरूले भने नेपालको माग पूरा गर्नसक्ने र निर्यातका लागि पनि तयार रहेको बताउँदै आएका छन् तर जेठसम्ममा २८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड ६९ लाख ६७ हजार किलोग्राम ह्वाइट पोर्टल्यान्ड सिमेन्ट आयात भएको तथ्यांक छ । जसबाट १३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा भारतबाट सिमेन्ट तथा क्लिंकर आयात हुने भए पनि यो अवधिमा चीनबाट समेत व्यवसायीले सिमेन्ट भित्र्याएका छन् । जसको परिमाण भने नगण्य छ ।

नेपाल राष्ट्र बैंकले भने वैशाख मसान्तसम्ममै तीन अर्ब ७८ करोडको सिमेन्ट तथा क्लिंकर आयात भएको तथ्यांक प्रकाशित गरेको छ । भन्सार विभागले सिमेन्टका प्रकार तथा क्लिंकर आयातको तथ्यांक छुट्टाछुट्टै राख्ने तर केन्द्रीय बैंकले सिमेन्टजन्य वस्तु आयातको तथ्यांक एकीकृत रूपमा राख्ने भएकाले तथ्यांकमा एकरुपता नभएको उद्योगीहरूको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्ममा नै सिमेन्ट तथा क्लिंकर आयात गत वर्षको तुलनामा २७।१ प्रतिशतले वृद्धि भएको छ । तर गत वर्षको सोही अवधिमा आयातमा ७५।५ प्रतिशतले गिरावट आएको तथ्यांक छ ।  यो समाचार कारोबार दैनिकमा छ ।


लुम्बिनी चिन्तन

थप समाचार