Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सैनामैना वाणिज्य संघमा किचलो: बहुमत सदस्यलाई बञ्चित गरी अधिवेशन गरेको असन्तुष्ट पक्षको आरोप ।


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०७८ शुक्रवार
  • 860
    SHARES

सैनामैना वाणिज्य संघमा किचलो: बहुमत सदस्यलाई बञ्चित गरी अधिवेशन गरेको असन्तुष्ट पक्षको आरोप ।

रुपन्देहीको सैनामैना उद्योग वाणिज्य संघमा अधिवेशनको विषयलाई लिएर बिबाद उत्पन्न भएको छ । संस्थापन पक्षले नेतृत्व आफ्नो पक्षमा पार्न बहुमत सदस्यलाई पाखा लगाएर अधिवेशन आह्वान गरेको आरोप अर्को पक्षले लगाएपछि बिबाद सिर्जना भएको हो ।

राजबहादुर क्षेत्री नेतृत्वमा रहेको संघको कार्यसमितिको अवधि सकिन एक महिना अगाबै कोरोना संक्रमणको समेत व्यवास्ता गरी अधिवेशन आह्वान भएको हो । संघ आवद्ध करीब साढे ७ सय साधारण सदस्य मध्ये २ सय सदस्यहरुलाई मात्रै नविकरणको मौका दिई अधिवेशन गर्न लागेपछि असन्तुष्ट पक्षले शुक्रबार पत्रकार सम्मेलन गरी विरोध जनाएको छ ।

संघको विधान विपरित संस्थापन पक्षले बहुमत सदस्यहरुलाई सहभागि हुन नपाउने गरी आह्वन गरोको अधिवेशन राजनीतिक स्वार्थ र नेतृत्व हत्याउन गलत मनसायले ग्रसित भएको संघका उद्योग उपाध्यक्ष रिमबहादुर श्रेष्ठले आरोप लगाए । कोरोना संक्रमणले उद्योगी व्यवसायीहरु चरम संकटमा रहेको र सरकारले आह्वान गरेको निषेधाज्ञालाई समेत बेवास्ता गरी हतारमा अधिवेशन आह्वान गर्नु गलत भएको उको तर्क छ । विधान अनुसार अधिवेशन हुनु पूर्व सदस्यहरुलाई सूचना जारी गरी नविकरणको आह्वान गर्नुपर्ने र कम्तिमा महिना अगाडि नै अधिवेशन बारे जानकारी गराउनु पर्ने भए पनि निहित स्वार्थमा रहेर हतारमा अधिवेशन आह्वान गरिएको उनको आरोप छ ।

संस्थापन पक्षले यही असार ९ गते बैठक बसी २६ गते (शनिबार) का लागि अधिवेशन आह्वान गरेको थियो । अधिवेशन बारे निर्णय गर्न बसेको बैठकमा असन्तुष्ट पक्षको कुरै नसुनी एकलौटी निर्णय गरिएको संघका वाणिज्य उपाध्यक्ष ऋषिराम पाण्डेले बताए । उद्योग वाणिज्य संघ सबै उद्योगी व्यवसायीहरुको साझा र छाता संगठन हुनु पर्नेमा अधिकांश व्यवसायीहरुलाई नै बञ्चित गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे । कोरोना महामारी र निषेधाज्ञा जारी रहेको अवस्थामा हतारमा अधिवेशन गर्न खोज्नु र अधिकांश सदस्यहरुलाई बञ्चित गर्नु अव्यवहारिक र असंवैधानिक भएको असन्तुष्ट पक्षको आरोप छ । संघका कोषाध्यक्ष टिकाबहादुर शाही, कार्य समिति सदस्य चामबहादुर क्षेत्री, विष्णुप्रसाद पाण्डे, कमल अर्याल, चमकला बमरेल अर्याल तथा सल्लाहकार खुशीराम चौधरी लगायतले अधिवेशन स्थगन गरी सबै सदस्यहरुलाई समेट्न आग्रह गरेका छन् । संघका अध्यक्ष राजबहादुर क्षेत्रीले भने कुनै पनि हालतमा अधिवेशन नरोकिने बताएका छन् 


  • सम्बन्धित विषय:

  • # सैनामैना

  • लुम्बिनी चिन्तन

    थप समाचार