Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवा नमुना माध्यमिक विद्यालयमा सिलाई प्रशिक्षण केन्द्र स्थापना

सिद्धार्थ लेडिज सर्कलको सहयोग, दैनिक दुई सिफ्ट प्रशिक्षण हुने


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०७८ शुक्रवार
  • 1.8K
    SHARES

भैरहवा नमुना माध्यमिक विद्यालयमा सिलाई प्रशिक्षण केन्द्र स्थापना

भैरहवा । सिद्धार्थ लेडिज सर्कल–४ भैरहवाको पहलमा  भैरहवा नमुना माध्यमिक विद्यालयमा सिलाई प्रशिक्षण केन्द्र स्थापना गरिएको छ ।

विद्यार्थीलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले विद्यालयमा १० वटा सिलाई मेसिन सहित आवश्यक प्राशिक्षण सामाग्री प्रदान गरी प्रशिक्षण केन्द्र स्थापना गरिएको हो ।

सिद्धार्थ लेडिज सर्कलमा आवद्ध ११ जना महिलाले आफ्नो पहलमा आर्थिक श्रोत जुटाएर उक्त प्रशिक्षण केन्द्रको स्थापना गरिएको हो । उक्त केन्द्रको शुक्रवार लुम्बिनी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेय मार्फत् विद्यालयका प्राचार्य चुन्नप्रसाद पाण्डेलाई प्रशिक्षण केन्द्रको चावी उपलब्ध गराएर हस्तान्तरण समेत गरिएको छ ।

सिद्धार्थ लेडिज सर्कलकी अध्यक्ष बिनु अग्रवालले यहाँ सीप सिकेपछि आवश्यक परेको वेलामा विद्यार्थीले घरमैं बसेर पनि सरल र सहज ढंगले सिलाइ व्यवसाय गरेर आत्मनिर्भर बन्न वा आम्दानीको श्रोत जुटाउन सक्ने भएकाले उक्त प्रशिक्षण केन्द्रको स्थापना गरेको बताइन् । अति न्युन शुल्क तिरेर सिलाइ कटाइको सिप सिक्न सक्छन , प्रशिक्षण केन्द्रमा अपनत्व र सिकाइप्रति जागरुकता ल्याउनका लागि मात्र अति न्युन शुल्क कायम गरिएको बताइन् ।

पूर्वाधार विकासमन्त्री पणडेयले क्षेत्रको विकासमा आफू लागि पर्ने बताए । उनले नमूना मावि यस क्षेत्रको गौरव भएको बताउँदै यसको पूर्वाधार विकासमा लागि पर्ने जनाए । आफू मन्त्री भएपछि हरेक विषयवस्तुमा यहाँका अगुवासँग कुराकानी र सरसल्लाह गरेर अघि बढेको भन्दै आगामी दिनमा पनि यहाँको विकासमा लाग्ने बताए । उनले सिकाई केन्द्रबाट धेरै विद्यार्थी लाभान्वित हुने विश्वास गरे ।

सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले आफ्नो कार्यकालमा नगरभित्रका अधिकांश विद्यालयहरुमा भवन निर्माण भएको जनाए । अधिकारीले शिक्षासँगै सिपयुक्त भए भोलिका दिनमा विद्यार्थीहरुलाई रोजगारीको समस्या नहुने जनाए ।

समाजसेवी एवं उद्योगी नारायणप्रसाद अग्रवाल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेशकुमार अग्रवाल, साहित्यकार एवं समाजसेवी विजय गोविन्द श्रेष्ठ, भैरहवा मर्निङवाक गु्रपमा अध्यक्ष एवं समाजसेवी ओमकार गौचनले लेडिज सर्कलले सामाजिक क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको जनाए ।

विद्यालयका प्राचार्य चुन्नप्रसाद पाण्डेले विद्यालय समयमैं ६ देखि १२ कक्षामा अध्ययनरत छात्र–छात्रालाइ दैनिक दुई सिफ्ट संचालन गरेर प्रशिक्षण दिइने जनाए । उनले यस केन्द्रबाट सिद्धार्थनगर नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सिप सिक्न सक्ने जनाए ।


लुम्बिनी चिन्तन

थप समाचार