भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १५ बटा भारतिय नम्बर प्लेटका गाडिलाई नियन्त्रणमा लिएको छ।
नेपालमा राजश्व छली गरी नियम बिपरित सञ्चालन भैरहेका ती गाडी र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।पश्चिमबाट बुटवल हुँदै पूर्वतर्फ फलफूल ढुवानी गरेका थिए । प्रहरीले राजश्व छली गरेको सुचनाका आधारमा बिहिबार हिउसो १ बजे देखि ५ बजेसम्ममा बुटवलका बिभिन्न स्थानबाट लिएको छ।
भारतबाट तरकारी तथा फलफुल लिएका आएका ती गाडिले भन्सार छली गरी बुटवल हुदै पुर्व तर्फ जादै गरेको अबस्थामा बुटवलको जितगढीबाट नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रबक्ता सत्यनारायण थापाले जानकारी दिए। प्रहरीले नियन्त्रणमा ल्याएका ती मालबहाक गाडि र त्यसका चालकलाई राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको प्रबत्ता थापाले जानकारी दिए।
ती गाडिले भन्सारबाट छुट्दा कम तौल देखाएर बाहिरिएको प्रहरीले जनाएको छ। प्रहरीले नियम विपरित संचालनमा ल्याई बढी तौल भएका १५ वटा सवारीसाधन, बिल भरपाई, मध्य पश्चिमाञ्चल यातायात व्यबशायी समिति प्रधान कार्यालय बुटवलको धर्मकाँटाको रसिद, सवारी दर्ता किताब र चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको रुपन्देही प्रहरीले जनाएको छ।