Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सर्पको टोकाइबाट एक बालिकाको मृत्यु


  • लुम्बिनी चिन्तन
  • आषाढ २६, २०७८ शनिवार
  • 1.3K
    SHARES

सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

नवलपरासी । बर्दघाट-सुस्तापूर्व जिल्लामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । 

जिल्लाको गैँडाकोट नगरपालिका(३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको शुक्रबार राति सर्पको टोकाइबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । 

प्रहरीका अनुसार उनलाई सर्पले शुक्रबार राति डसे पनि शनिबार बिहान मात्र परिवारले थाहा पाएको थियो । जसले गर्दा समयमा नै उपचार नहुँदा उनको मृत्यु भएको हो ।

यसभन्दा अगाडि भुजेल गाउँमा सर्पको टोकाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाइसकेका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार