Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कोटहीमाई गाउँपालिकाले दियाे इलाका प्रहरी कार्यालय मझगावाँलाई उद्धार सामाग्री


  • लुम्बिनी चिन्तन
  • आषाढ २६, २०७८ शनिवार
  • 1.4K
    SHARES

कोटहीमाई गाउँपालिकाले दियाे इलाका प्रहरी कार्यालय मझगावाँलाई उद्धार सामाग्री

मर्चवार । कोटहीमाई गाउँपालिकाले इलाका प्रहरी कार्यालय मझगावाँलाई उद्धार सामाग्री हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी कोटहीमाई गाउँपालिका अध्यक्ष चन्द्रभुषण यदाव एवम प्रदेश सभा सदस्य सुनिता ठठेरले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

कोटहीमाई गाउँपालिकाको विभिन्न क्षेत्रमा वर्षाको समयमा आउने बाढीमा सबभन्दा अग्रपंतीमा खटेर उद्धार कार्य गर्ने प्रहरी प्रशासनलाई उक्त सामाग्रीको अति अवश्यक रहेको गाउँपालिका अध्यक्ष यादवले बताए । उद्धार कार्यमा प्रयोग हुने लाइफ ज्याकेट, बूट, रबर बोट, सेफ्टी हेलमेट, डोरी लगायतका सामाग्री इप्रका मझगावाँलाई हस्तान्तरण गरिएको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले जानकारी दिएका छन् ।

विपद्को मसस्याले बुझेर प्रहरीलाई सहयोग गरेकोले कोटहीमाई गाउँपालिकालाई प्र।नि। सुरज खत्रीले धन्यवाद ब्यक्त गरेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार