Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कपिलवस्तुमा कनकमणी बुद्ध र क्रकुच्छन्द बुद्धको प्रतिमा अनावरण


  • लुम्बिनी चिन्तन
  • आषाढ २६, २०७८ शनिवार
  • 2.5K
    SHARES

कपिलवस्तुमा कनकमणी बुद्ध र  क्रकुच्छन्द बुद्धको प्रतिमा अनावरण

कपिलवस्तु । कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण गरिएको छ । कपिलवस्तु नगरपालिका -५ गोटिहवामा क्रकुच्छन्द बुद्ध र वडा नम्बर ११ मा कनकमणी बुद्धको प्रतिमा अनावरण गरिएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले शनिवार दुई मुर्तिको अनावरण गर्दै कपिलबस्तु ऐतिहासिक सम्पदाले भरिएको ठाउँ हो भनेर चिनाउन थप सघाउ पुग्ने बताए । आगामी दिनमा कपिलवस्तुका सम्पदा स्थलको थप उत्खनन हुने उनले उल्लेख गरे । भविस्यमा कपिलवस्तुकाे थप महत्व र गरिमा बढ्ने आशाा मुख्यमन्त्रीले व्यक्त गरे । 

आज अनावरण गरिएको क्रकुच्छन्द बुद्धको मुर्ति विश्वमै पहिलो भएको दाबी गरिएको छ। कनकमणि बुद्धको मुर्ति विश्वको दोस्रो हो। यस अघि बर्मामा कनकमणिको मुर्ति रहेको छ । मुर्ति सहित आज बगैँचाको समेत उद्घाटन  भएको हो। 


  • सम्बन्धित विषय:

  • # लुम्बिनी

  • लुम्बिनी चिन्तन

    थप समाचार