भैरहवा । प्रजातन्त्र दिवसको अवसरमा जेसीआई सिद्धार्थ नेपाल र जेसिआई सिद्धार्थ महिला लेडीले भैरहवामा दिप प्रज्जवलन गरेको छ ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा सन् २०२१ को पहिलो कार्यक्रम अन्तर्गत जेसीआई सिद्धार्थ नेपालले भैरहवाको देवकोटा चोकमा र जेसिआई सिद्धार्थ महिला लेडीले बुद्धचोकमा दिप प्रज्वलन गरेको हो ।

जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष गाेपाल ज्ञवालीकाे नेतृत्वमा र जेसीआई सिद्धार्थ नेपाल रिमा न्यौपानेकाे नेतृत्वमा दुवै संस्थाका पदाधिकारी र सदस्यहरूले छुट्टाछुट्टै रूपमा दिप प्रज्वलन गरेका थिए ।

