भैरहवा । सिद्धार्थनगर–८ नारायणपथमा रहेको आगलागीबाट ८ करोड बढीको क्षति भएको छ ।
सुन्दर्स ग्लास एण्ड फ्रेम हाउसमा शनिबार राती करिब ९ बजे विधुत सर्ट भई आगो लागेको करिब ८ घण्टाको निरन्तर अथक प्रयासले आगो नियन्त्रणमा आएको हो । सिद्धार्थनगरको एक दमकल सहित छिमेक पालिका र जिल्लाका दर्जन बढि दमकल आएर आगो नियन्त्रणमा आएको हो ।
तौलिहवा, रामग्राम, बर्दघाट, बुटवल, लुम्बिनी, सैनामैना, भैरहवा विमानस्थल, नेपाल आयल निगम लगायतका दमकलले विहान ४ बजे पछि मात्र आगो नियन्त्रणमा लिए । भित्री रुपमा अझै पनि आगो सल्किरहेको छ ।
भूई तल्लामा अगाडि फ्रेम र सिसाको पसल तथा पछाडी प्लाइउडको ठूलो गोदाम रहेको थियो भने । माथिल्लो तल्लामा पनि गोदाम सहित परिवार बस्दै आएका थिए । आगलगी भएपछि परिवारको सकुशल उद्वार गरेपनि बाधिरहेको कुकुर भने मरेको छ । पसल र ङरकाे सबै काेठामा अागाे पसेर सामान खरानी भएकाे छ ।
पसलका साथै घरायसी समान, मोटरसाइकल, नगद रकम समेत सबै पूर्ण रुपले जलेर नष्ट भएको छ । अनुमानित करिब ८ करोड बढी मुल्य बराबरको क्षति भएको सुन्दर हार्डवेयरका संचालक आकाश अग्रहरीले जानकारी दिए । पसलको विमा थियो वा थिएन भन्ने स्पष्ट जानकारी आएको छैन । हाल भैरहवामा पानी परेकोले परिवारहरु बाहिर नै रात गुजार्नु पर्यो । घर भत्किने डरले कोही पनि घर भित्र प्रवेश गर्न सकेका छैनन ।