Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

वर्षाले जलमग्न भैरहवा, बैकरोडका पसलमा पानी पस्यो


  • लुम्बिनी चिन्तन
  • आषाढ २७, २०७८ आइतवार
  • 1.4K
    SHARES

वर्षाले जलमग्न भैरहवा, बैकरोडका पसलमा पानी पस्यो

भैरहवा । भैरहवामा विहान देखि परेको पानीले भैरहवा जलमग्न भएकोे छ । अविरल रुपमा बर्षा भएपछि भैरहवाका मुख्य बजार बैकरोड, मिलनचोक लगायतका क्षेत्र डुवानमा परेका छन् ।

सडक छेउमा निर्माण गरिएका नाली पुरिएका कारण पानीको निकास नहुंदा सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसंगै पसलहरुमा पनि पानी पसेको छ । कतिपय ठाउंमा सडकको काम अधुरो छाडेकोले पनि पानीको निकास हुन सकेके छैन ।

घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी पानी परेपछि भने हिलाम्यको समस्या खेप्दै आएका छन । भैरहवाको मुख्य बजार बैकरोड मिलनचोकमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवत जावतमा प्रहरीले केही समय रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था इकाई कार्यालय, भिम अस्पतालको परिसरमा पानी जमेको छ भने अस्पताल अगाडि रहेका पसलहरुमा पानी पसेकोे छ ।

भैरहवामा ६४ दसमलव २ मिलिमिटर पानी परेको भैरहवा बिमानस्थलमा रहेको जल तथा मौसम कार्यालयले जानकारी दिएको छ । अझै पानी पर्ने सम्भावना कायम छ, पानीले केही समय हवाई सेवा प्रभावित बनाए पनि अहिले भने सेवा सुचारु भएको छ ।  

नगर क्षेत्रमा भइरहेको सडक निर्माणसंगै ढल र नाला निर्माणको काम अब्यवस्थित हुंदा केही घण्टा मात्र परेको वर्षाको पानीले निकास नपाउंदा जलमग्न हुने गरेको छ ।

धेरै स्थानमा सडक,नाला भत्काइएकाले पानीले निकास नपाउंदा सडक जलमग्न हुंदा आसपासका स्कुल, अस्पताल, सरकारी कार्यालय र सर्वसाधारणका घरमा समेत पानी प्रवेश गरेको छ ।

नगरक्षेत्र जलमग्न हुनुका साथै नगरक्षेत्रभित्र भएर बग्ने खोलाहरुको जलस्तर समेत बढेको छ । तीन वर्ष अगाडि आजकै दिन भैरहवामा एक घण्टा पानी पर्दा भैरहवा जलमग्न बनाएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार