Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

स्याङजा र गोरखामा फेला प¥यो कोरोनाको नयाँ भेरियन्ट, थप सतर्कता अपनाउन अनुरोध


  • लुम्बिनी चिन्तन
  • आषाढ २७, २०७८ आइतवार
  • 796
    SHARES

स्याङजा र गोरखामा फेला प¥यो कोरोनाको नयाँ भेरियन्ट, थप सतर्कता अपनाउन अनुरोध

गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत जेठ ३१ गते काठमाडौं पठाइएका ५ वटा नमूनामध्ये सबैमा डेल्टा भेरियन्ट पुष्टी भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार स्याङ्जा र गोरखा जिल्लामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षीय २ पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया ३ महिलामा नयाँ भेरियन्टसहितको संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि जेठ ३१ गते जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएका ५ वटा नमुनाहरुमा नयाँ भेरिएन्ट फेला परेको हो ।

योसँगै सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनुरोधसमेत गरेको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार