Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा सक्रिय संक्रमित ३३८, आज थपिए ९ 


  • लुम्बिनी चिन्तन
  • आषाढ २७, २०७८ आइतवार
  • 1.2K
    SHARES

रुपन्देहीमा सक्रिय संक्रमित ३३८, आज थपिए ९ 

भैरहवा ।  रुपन्देहीमा पछिल्लो पटक ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा एक सय ३१ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो । 

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय ३८ पुगेको छ । 

पछिल्लो पटक थपिएका संक्रमितमध्ये तिलोत्तमामा पाँच, बुटवलमा दुई, देवदहमा एक र शुद्धोधनमा एक जना रहेका छन् ।
त्यस्तै कार्यालयले उक्त अवधिमा कोही पनि संक्रमितको ज्यान नगएको जानकारी दिएको छ । 

हालसम्म जिल्लामा २८ हजार ५ सय ५४ जना कोरोना संक्रमित पुगेका छन् । तीमध्ये ९७ प्रतिशत निको भइसकेका छन् भने २ प्रतिशतको मृत्यु भएको छ । एक प्रतिशत अझै सक्रिय संक्रमित रहेका छन् । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार