Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रजातन्त्र दिवसमा सामूहिकको हाजिरीजवाफ, मनकामना प्रथम


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ७, २०७७ शुक्रवार
  • 1.6K
    SHARES

प्रजातन्त्र दिवसमा सामूहिकको हाजिरीजवाफ,  मनकामना प्रथम

भैरहवा । सामूहिक विद्यालय परिवारले पहिलो पटक पाठयक्रममा आधारित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।
प्रजातन्त्र दिवसको अवसरमा परिवारले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै एसईई पाठ्यक्रमको विषयवस्तुमा रहेर प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरुमा बौद्धिक विकासँगसँगै, प्रतिष्पर्दाको भावना विकास गरेर भाईचाराको सम्बन्ध अभिवृद्धि र परिक्षाको तयारीमा सहयोग पुग्ने उद्देश्यले पाठ्यक्रममै केन्द्रित प्रतियोगिता गराइएको परिवारका अध्यक्ष गम्भिर गुरुङले बताए ।
परिवारमा आबद्ध १२ विद्यालयका कक्षा १०मा अध्यननरत विद्यार्थीहरु बीच भएको प्रतियोगितामा मनकामना इङलीस हाई स्कुल ११० प्वाइन्ट ल्याई प्रथम भएको छ । मगर भवन ठुटीपिपल सभाहलमा सम्पन्न भएको प्रतियोगितामा ९० प्वाइन्ट ल्याई सञ्जीवनी शिक्षा सदस्य दोस्रो , ८० प्वाईन्ट ल्याई मिनर्वा ईङलीस वोर्डिङ स्कुल तृतीय र ७० प्वाईन्ट ल्याई नेपाल नालन्दा स्कुल सान्तवना भएको कार्यक्रम संयोजक दिपक थापाले  जानकारी दिए ।
अगे्रजी, गणित, विज्ञान, सामाजिक शिक्षा र नेपाली विषय गरी ५ विषयबाट प्रश्न सोधिएको प्रतियोगितामा प्रत्येक विद्यालयबाट ३ जनाको सहाभागिता रहेको थियो । प्रतियोगिता लिखित चरणबाट ६ वटा टिम छनोट भई फाइनलका लागि प्रतिस्पर्धा गरेको परिवारका कोषाध्यक्ष चन्द्र प्रकाश न्यौपानेले बताए । ओमसतिया गाँउपालिकाका शिक्षा प्रमुख हरि प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा ठूटीपिपल माविका प्राचार्य रामबहादुर खडकाले निर्णयकको भुमिका निर्वाह गर्नु भएको थियो । विजयी विद्यार्थी र विद्यालयलाई प्रमुख अतिथी पोखरेल, विशिष्ट अतिथी रबिन्द्र राना, महेश भुर्तेल, केबी राना लगायतले पुरस्कार, प्रमाण पत्र वितरण गरेका थिए । 
प्रतियोगितामा परिवारमा आबद्ध नेपाल नालन्दा, सिबी पब्लिक, मनकामना, मिनर्वा, लुम्बिनी शिक्षा निकेतन, सनलाइट, सञ्जिवनी, युनिभर्सल पब्लिक, युनिक होम्स, आदर्श विद्या मन्दिर, लर्ड गौतम बुद्ध र फ्युचरलाईट स्कुलको सहभागिता रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार