Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आगलागी पीडित अग्रहरीलाई संघद्वारा एक लाख राहत


  • लुम्बिनी चिन्तन
  • आषाढ २८, २०७८ सोमवार
  • 2.6K
    SHARES

आगलागी पीडित अग्रहरीलाई संघद्वारा एक लाख राहत

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आगलागी पीडित सदस्यलाई राहत प्रदान गरेको छ  ।

शुक्रबार सिद्धार्थनगर ८ अवस्थित सुन्दर ग्लास हाउसमा विद्युत सर्ट भई आगलागीबाट करोडौ क्षति व्योहोरेका पसलका संचालकलाई संघले तत्कालका लागि राहत स्वरुप एक लाखको चेक प्रदान गरेको हो ।

उद्योगी व्यवसायीहरुको साझा संस्थाको रुपमा रहेको संघले राहतकोसबाट उक्त सहयोग रकम पसलका संचालक सुन्दर अग्रहरीलाई प्रदान गरेको हो ।

 

संघले विपद वा दुर्घटनामा परि क्षति व्यहोरेका सदस्यलाई क्षतिको आधारमा मुल्याङकन गर्दै तत्कालका लागि राहत प्रदान गर्दै आएको संघका कार्यवाहक अध्यक्ष ठाकुर श्रेष्ठले बताए । आगलागी पीडित व्यवसायीलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको श्रेष्ठले बताए । यस अघि पनि संघले दर्जन बढी उद्योगी व्यवसायीहरुलाई राहत सहयोग प्रदान गरेको छ ।

आगलागी नियन्त्रणका लागि आफ्नो ज्यान जोखिममा राखेर सहयोग गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, व्यवसायी लगायत सम्पूर्णलाई संघले धन्यवाद दिएको छ । संघका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपानेले पीडित अग्रहरीलाई विमा, प्रशासन र कानुनी नीतिगत कुरामा  साथ र सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाए । संघमा ४ हजार बढि उद्योगी व्यवसायी आबद्ध छन । 


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार