Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

युनिभर्सल मेडिकल कलेजद्वारा दर्जन बढीलाई छात्रवृत्रि


  • लुम्बिनी चिन्तन
  • आषाढ २८, २०७८ सोमवार
  • 834
    SHARES

युनिभर्सल मेडिकल कलेजद्वारा दर्जन बढीलाई छात्रवृत्रि

भैरहवा । युनिभर्सल मेडिकल कलेजले दर्जनबढी विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।

मेडिकल कलेज व्यवस्थापनले सामाजिक उत्तरदायित्व अन्तर्गत १७ जना विद्यार्थीहरुलाई सम्मान सहित छात्रवृति प्रदान गरेको हो । सन् २००९ साल देखि निरन्तर रुपमा यस संस्थामा कार्यरत कर्मचारीहरुको कक्षा १० र प्लस टु तहका पढाईमा उत्कृष्ट जेहेन्दार सन्तानहरुलाई छात्रवृत्ति अन्तर्गत नगद तथा मेडलद्धारा सम्मान गर्दै आएको युनिभर्सल मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए ।

हाल विश्वव्यापी रुपमा पैmलिरहेको कोरोना भाईरसले मानव सभ्यतालाई नै चुनौती दिईरहेकाले यसैको कारण वितरणमा केही विलम्ब भएता पनि विगत ४ वर्षका अव्वल छात्र–छात्राहरुलाई आज एक भव्य कार्यक्रमको विचमा कक्षा १० अन्तर्गतका १० जना विद्यार्थी तथा प्लस टु तहका ७ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

जस अन्तर्गत  कक्षा १० मा उत्कृष्ट अंक ल्याए वापत सम्मान हुने छात्र–छात्राहरुमा ऐश्वर्या शंकर, स्वदेश कुमार यादव, अमिसा राना, दिपाली राना, निकिल कुमार यादव, सुरुची सिंह, देवी प्रसाद मिश्रा, प्रिया बन्जाडे, पवन कुमार मिश्रा, गौरव पौडेल तथा प्लस टु तहका छात्र–छात्राहरुमा गणेश पौडेल, अनुज क्षेत्री, नैतिक ढकाल, ऐश्वर्या शंकर, अन्जिला राना मगर, स्वदेश कुमार यादव, दिपाली राना रहेका छन् ।

 प्रथम हुनेलाई प्रति व्यक्ति १५,०००÷–, द्धितीय हुनेलाई प्रति व्यक्ति १०,०००÷– र तृतीय हुनेलाई प्रति व्यक्ति ७,०००÷– नगद तथा मेडल प्रदान गरिएको थियो । कार्यक्रममा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, प्रमुख प्रशासकीय अधिकृत कमलराज ढकाल, जनरल म्यानेजर सन्तोष कुमार वि.एन. लगायतले छात्र–छात्राहरुको उज्जवल भविष्यको शुभकामना दिएका थिए ।

हाल सम्म विभिन्न वर्षहरुमा पढाईमा जेहेन्दार कुल ४७ जना छात्र–छात्राहरुलाई छात्रवृत्ति वितरण गरिसकेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार