Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

व्यवसायीमैत्री योजनासहित अघि बढ्न औषधि व्यवसायीकाे सुझाव


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ७, २०७७ शुक्रवार
  • 958
    SHARES

व्यवसायीमैत्री योजनासहित अघि बढ्न औषधि व्यवसायीकाे सुझाव

बुटवल । नेपाल औषधि व्यवसायी संघ लुम्विनी प्रदेशको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा प्रथम बैठक सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले औषधि ब्यवसायीहरुप्रति समाजको दृष्टिकोण बदल्ने गरि योजना बनाएर अघि बढ्न सुझाव दिएका छन । केन्द्रिय कार्यसमितिका निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले संघको लुम्विनी प्रदेशका नव निर्वाचित अध्यक्ष शिव ज्ञवालीलाई सस्थाको माइन्युट हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

ब्यवसायिक हकहितसंगै सामाजिक कार्यमा संघ निरन्तर लाग्न समेत उनले सुझाव दिए । कार्यक्रममा संघको लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शिव ज्ञवालीले औषधि व्यवसायलाई व्यवसायी मैत्री र जनउत्तरदायी बनाउन अग्रसर रहने प्रतिवद्घता जनाए । धेरै तयारी र योजनापछि प्रदेश गठन भएर मुर्त रुप लिएको भन्दै प्रदेशका काम अब निरन्तर अगाडि बढाउने उनले बताए ।

कार्यक्रममा संघका रुपन्देही शाखा अध्यक्ष सुरज भट्टराईलाई प्रदेश अधिवेशन सम्पन्न गर्न योगदान पुर्याएवापत सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेशका महासचिव लुकराज न्यौपाने पूर्व लुम्विनी अञ्चल अध्यक्ष रोहितराज क्षेत्री, सुनिल श्रेष्ठ, रामप्रसाद खरेल, राजेन्द्र श्रेष्ठ, अभय कुमार बस्नेतले नवनिर्वाचित पदाधिकारीहरु सफल कार्यकालको शुभकामना दिएका थिए।


लुम्बिनी चिन्तन

थप समाचार