Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा साउन १ र २ गते खोप लगाइने, छुटेका फ्रन्टलाइनरलाई पनि समावेश गरिने


  • लुम्बिनी चिन्तन
  • आषाढ ३०, २०७८ बुधवार
  • 630
    SHARES

रुपन्देहीमा साउन १ र २ गते खोप लगाइने, छुटेका फ्रन्टलाइनरलाई पनि समावेश गरिने

भैरहवा । स्वास्थ्य कार्यालय रुपन्देहीले साउन १ र २ गते भेरोसेल खोप लगाउने तय भएको छ । हालै मात्रै चीनबाट आएको उक्त खोप जिल्ला अस्पताल र खोप केन्द्रबाट सबै पालिकाहरुमा लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

अहिलेको खोप १ गतेबाट ५५ वर्ष माथिका उमेर समूहसहित शिक्षक र यातायात मजदुरहरुले पनि खोप लगाउन पाउने छन् । चिनबाटै आएको भेरोसेल खोप यस अघि ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाइएको थियो । त्यस अघि ६५ वर्ष माथिकालाई कोभिशिल्डको खोप मात्र लगाइएको थियो । कोभिशिल्ड लगाएका ज्येष्ठ नागरिकले अझै दोस्रो डोजको खोप लगाउन पाएका छैनन् । सुरुमा आएको खोप स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, कर्मचारी, सञ्चारकर्मी लगायत अग्रभागमा खटिनेहरुलाई दिइएको थियो ।

अहिले पहिलो पटक शिक्षक र सार्वजनिक यातायातका चालक तथा सहचालकहरुले पनि खोप लगाउन पाउने भएका हुन् । विश्वविद्यालय विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरुलाई सम्बन्धित संस्थाको परिचय पत्रको आधारमा खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । त्यसै गरी सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुले सम्बन्धीत व्यवसायी संघबाट प्राप्त विवरणका साथै प्रमुख जिल्ला अधिकारीबाट प्रमाणीत सुचीका आधारमा लगाउन पाउने गिरीले बताए ।

त्यसै गरि सरकारले तोकेको अत्यावश्यक सेवा तथा प्राथमिकतामा परि खोप लगाउन छुटेका सरकारी कर्मचारी, सुरक्षाकर्मी, बैंक तथा विमा, सरसफाइकर्मी, औषधि व्यवसायी, एम्बुलेन्स चालक, पेटो«लियम पदार्थ वितरण केन्द्र, जनप्रतिनिधि, पत्रकार लगायतले पनि खोप लगाउन पाउने छन् । उनीहरुले सम्बन्धित कार्यालय वा संस्थाको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सुचिको आधारमा खोप लगाउनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रादेशीक अस्पताल बुटवल र भिम अस्पताल भैरहवाका साथै जिल्लाका सबै स्थानिय तहमा खोप केन्द्र रहने छ । यस्तै खोप अनिवार्य गरेको देशमा जाने नागरिकले प्रादेशिक अस्पताल र भिम अस्पतालबाट मात्र खोप लगाउन पाउनेछन्। रुपन्देहीमा ४६ हजार जनालाई पहिलो डोजको खोप लगाइने स्वास्थ्य कार्यालय प्रमुख गिरीले बताए।

भेरोसेलको खोप कार्यक्रम सकिएपछि अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सन खोप कार्यक्रम सुरु हुने छ । अमेरिकाले उपलब्ध गराएको जेन्सन खोप ५० देखी ५४ वर्ष उमेर समूहकालाई लगाइने छ । यस्तै पूर्ण र अति अशक्त अपांग वर्ग तथा हाल नेपालमा बसोबार गरेका शरणार्थीहरुलाई पनि खोप लगाइने छ ।


  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्धको खोप

  • लुम्बिनी चिन्तन

    थप समाचार