Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा ३७ कोरोना संक्रमित थपिए , बुटवलका मात्रै २४ जना


  • लुम्बिनी चिन्तन
  • आषाढ ३०, २०७८ बुधवार
  • 1.4K
    SHARES

रुपन्देहीमा ३७ कोरोना संक्रमित थपिए , बुटवलका मात्रै २४ जना

भैरहवा । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७ जना नयाँ संक्रमित थपिएका छन ्। पछिल्लो २४ घण्टाको अवधिमा २२४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढि बुटवल उपमहानगरपालिकामा २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तिलोत्तामा नगरपालिकमा ८ जना, सैनामैना नगरपालिकामा ४ जना र देवदह नगरपालिकामा १ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३० जना संक्रमणमुक्त भए पनि कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म जिल्लामा ५०५ जना संक्रमितको मृत्यु भएको छ ।

जिल्लामा कुल संक्रमितको संख्या २८ हजार ६ सय ५० पुगेको छ । तीमध्ये २७ हजार ८ सय २४ जना निको भइसकेका छन् । सक्रिय संक्रमित  ३ सय २१ जना मध्ये ५५ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन भने २६६ जना होम आइशोलेशनमा रहेका छन ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार