Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रणअम्बिकामा  आंखाको रेटिना जांच्ने अत्याधुनिक मेसिन ‘ओसिटी अन्जियोग्राफी’ संचालनमा


  • लुम्बिनी चिन्तन
  • आषाढ ३१, २०७८ बिहिवार
  • 2.0K
    SHARES

रणअम्बिकामा  आंखाको रेटिना जांच्ने अत्याधुनिक मेसिन  ‘ओसिटी अन्जियोग्राफी’ संचालनमा

भैरहवा । लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आंखा अस्पतालले आंखाको रेटिना जाच्ने अत्याधुनिक मेसिन “ ओसिटी अन्जियोग्राफी“ संचालनमा ल्याएको छ ।

यसबाट शरिरमा कुनै पनि रसायन नहाली आंखाको रेटिनाको नशा जांच गर्न सकिने भएकोले विरामीलाई सहज हुने छ ।

रेटिनाको विभिन्न रोगहरु र बिशेष गरि मधुमेहले हुने डाइबेटिक रेटिनोप्याथीको निदान र उपचारमा यो मेशिनले धेरै मद्दत गर्ने  सस्थानका चिफ मेडिकल डाइरेक्टर तथा रेटिना रोग विशेषज्ञ प्राध्यापक डाक्टर ज्ञानेन्द्र लामिछानेले बताए ।

यस्तै गरि भविश्यमा पनि क्रमैसङ्ग आंखारोगको निदान र उपचारको लागि चाहिने अत्याधुनिक उपकरणहरु सस्थान्ले ल्याउदै जाने कुरा डा. लामिछानेले बताए ।

आंखाको उपचारमा नमुना अस्पतालको रुपमा परिचित यस संस्थाले आगामी ५ बर्र्ष भित्रमा अति बिशिष्टिकृत अस्पतालको रुपमा स्तरोन्नति हुने अस्पतालको लक्ष्य रहेको छ।



लुम्बिनी चिन्तन

थप समाचार