भैरहवा । बिहीबार रुपन्देहीमा ३० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार उक्त अवधिमा एक सय ७५ जनामा कोरोना परिक्षण गरिएकोमा १३ महिला र १७ पुरूषमा संक्रमण पुषि्ट भएकाे हाे ।
पछिल्लो २४ घण्टाको अवधिमा जिल्लामा कुनै पनि संक्रमितको मृत्यु नभए पनि हाल सम्म ५ सय ५ जना संक्रमितकाे ज्यान गएकाे छ ।
अाज थपिएका संक्रमितमध्ये सबै भन्दा बढि बुटवलमा १२ जना रहेका छन । त्यस्तै तिलोत्तमामा ७, सिद्धार्थ नगरपालिकामा एक, देवदहमा २, सैनामैना नगरपालिकामा ४ र कञ्चनमा ४ जना रहेका छन् ।
योसँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ३ सय ३३ पुगेको छ । हालसम्म जिल्लामा २८ हजार ६ सय ८० कोरोना संक्रमित पुगेका छन् । तीमध्ये २७ हजार ८ सय ४२ जना निको भएका छन् ।