भैरहवा । रुपन्देहीमा सक्रिय संक्रमीतको संख्या बृद्धि हुदै गएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार आज मात्रै जिल्लामा ३६ जना संक्रमित थपिएका छन ।
पछिल्लो २४ घण्टामा जिल्लामा १४ महिला र २२ पुरुष गरी ३६ जना मात्र संक्रमित थपिएका हुन । दुई सय ९६ जनाको आरटी पीसीआर परिक्षण गर्दा १२ दशमलव २ प्रतिशतमा संक्रमण पुष्टि भएको छ भने २८ जना संक्रमणमुक्त भएका छन् ।
आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढि तिलोत्तमा नगरपालिकामा १८ जना संक्रमित रहेका छन । त्यस्तै बुटवल उपमहानगरपालिकामा ७ जना, देवदह नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकामा २–२ जना, सैनामैना नगरपालिका, ओमसतिया गाउँपालिका र कञ्चन गाउँपालिकामा १–१ संक्रमित थपिएका छन् ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको ज्यान नगएको पनि हाल सम्म ५ सय ५ जना संक्रमितको मृत्यु भएको छ ।
अब जिल्लामा कुल संक्रमित मध्ये १ प्रतिशतमात्रै सक्रिय संक्रमित रहेको र २ प्रतिशतले ज्यान गुमाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । संक्रमित मध्ये ९७ प्रतिशतले कोरोना जितिसकेका छन । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३४१ रहेको छ ।