Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कोरोना प्रभावित १ सय ३५ जनालाई शुभ अवसर ग्राम नेपालले गर्याे खाद्धान्न बितरण


  • लुम्बिनी चिन्तन
  • श्रावण १, २०७८ शुक्रवार
  • 940
    SHARES

कोरोना प्रभावित १ सय ३५ जनालाई  शुभ अवसर ग्राम नेपालले  गर्याे खाद्धान्न बितरण

भैरहवा । शुभ अवसर ग्राम नेपालले कोरोना प्रभाबितहरुका लागी खाद्धान्न बितरण गरेको छ । बिहिबार देखी शुभ अवसर ग्रामले बिभिन्न क्षेत्रमा रहेका प्रभाबितहरुका लागी खाद्ध सामाग्री चामल दाल नुन लगायतका सामाग्रीहरु बितरण गरेको ग्रामका परियोजना अधिकृत सत्यनारायण यादवले जानकारी दिए । 

ग्रामले कोरोना प्रभाबित १ सय ३५ जनालाई खाद्धान्न बितरण गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सिफारीस भएर आएका हिंशा पिडित ३० जना महिलालाई खाद्धान्न बितरण गरेको हो । त्यसैगरी कोरोनाका कारण रोजगारी प्रभाबित भएर जिवन यापन गर्न कठिनाई भएका होटल, मनोरन्जन क्षेत्रमा कार्यरत १५ जना महिलालाई पनि खाद्धान्न बिरतण गरिएको छ । 

त्यसैगरि गाउपालीका र नगरपालीका बाट सिफारीस भएर आएका बिपन्न ९० जना महिलाहरुलाई पनि खाद्ध सामाग्री बितरण गरिएको छ । शुभ अवसर ग्रामले ४ लाख २८ हजार २ सय २० रुपैया बराबरको खाद्ध सामाग्री प्रदान गरेको छ । यस अगाडी शुभ अवसर ग्रामले ४ लाख ६६ हजार ४ सय ७० रुपैया बराबरको मास्क , स्यानिटाईजर , लगायतका स्वास्थ्य सामाग्री सुरक्षा निकाय , गांउपालीका लगायतका लागी प्रदान गरेको थियो । 

सिदार्थनगर नगरपालीका , रोहीणी गांउपालीका र मर्चवारी गांउपालीकामा कार्यक्षेत्र रहेको शुभअवसर ग्रामले अन्तरसिमा मानव बेचबिखन बिरोधको परियोजना अन्तरगत बिशेष रुपमा महिलालाई फोकस गर्दै आएको छ ।त्यसैगरि चेलीबेटि बेचबिखन रोकथाम , उद्धार , पुनस्थापन र सामाजीक जनचेतनाको काम गर्दै आएको छ । 

साथै उद्धार गरिएका महिलाहरुको कानुनि सहायता , ब्यावसाय सिप तालीम मनोपरामर्श लगायतका सेवाहरु समेत प्रदान गर्दै आएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार