भैरहवा। रुपन्देहीको सियारी गाउँपालिकाकाे सार्वजनिक जग्गा संरक्षण अभियानमा स्थानीयले साथ दिएका छन । गाउँपालिकाले सार्वजनिक र गुठीका जग्गा संरक्षण सुरु गरेको छ, सबै जग्गाको लगत सङ्कलन गर्दै समुदायको सहकार्यमा ऐतिहासिक र पुरानो गुठीका रुपमा रहेको सियारी गाउँपालिका–३, भैसाखादरस्थित रामजानकी मठमन्दिरको नाममा रहेको जग्गामा केही भूमाफियाले चलखेल गरेपछि पालिकाले समुदाय समेत गुहारेको छ ।
उक्त जग्गा करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको गुठी र मन्दिर क्षेत्र मानिने स्थानीयले जनाएका छन । उक्त वडामा मात्रै गुठी तथा मन्दिरको नाममा करिब ६० विगाहा जमिन रहेको बताइएको छ । सोमध्येको जमिनमा मन्दिरका प्रमुख संरक्षक भनिएका रवीन्द्रनाथ वैष्णव (झा) को संलग्नतामा जमिन दुरुपयोग बढ्दै गएको स्थानीय सरकारले सुइको पाएपछि पालिकाले समुदायका अगुवा गुहार्दै काम थालेको छ ।
उनी दोहोरो नागरिकता भएका भारतीय नागरिक रहेको स्थानीयको दाबी छ । उनको भारतको उत्तरप्रदेशस्थित विहारको माधवपुरमा समेत घर रहेको छ । उनको त्यहाँको नागरिकता, आधारकार्ड, मतदाता नामावली र नेपालमा लिएको नागरिकताको प्रमाणपत्र समेत पालिकाले प्रमाणका रुपमा सङकलन गरेको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले जानकारी दिए ।
वैष्णव (झा) ले जग्गा संरक्षणका नाममा आफुखुशी गर्ने, लिजमा दिएर समेत गैरकानुनी काम गरेपछि त्यसलाई रोक्न पालिकाले आफ्नो अधिकारको प्रयोग गरेको थियो । स्थानीय अगुवाले पालिकाले सुरु गरेको संरक्षणलाई स्वागत गर्दै उनीहरुले संरक्षण गरेर जग्गाको सही सदुपयोग हुनुपर्ने, स्थानीय पालिकाको वैधानिक आयस्रोतका रुपमा विकास गर्नुपर्ने पनि माग गरेका छन् ।
पालिकाले एक विगाहलाई वार्षिक रु. १८ हजार मन्दिर व्यवस्थापन समितिमा बुझाउनेगरि गाउँका विपन्नलाई खेती गर्न दिएको छ । करिब २८ विगाहा जग्गा समुदायका विपन्न समुदायले वार्षिक रुपमा लिजमा लिएका छन । उक्त जमिनमध्ये केहीमा खेती भइरहेको छ भने कतिपयमा यस्तै चलअचल सम्पत्ती रहेको छ । मठको जग्गा यकिन गरि जग्गा संरक्षण तथा इतिहास बोकेको रामजानकी मन्दिर संरक्षण गरिने सियारी गाउँपालिका अध्यक्ष थारुले बताए ।
उनले भने–‘सो मठका महन्त प्रमुख संरक्षक भनिने रविन्द्रदास वैष्णवले गुठीको सम्पत्तीको दुरुपयोग गरे, मन्दिरको विकास गरेनन् मन्दिरको विकास हुन नसक्दा स्थानीयहरु पनि रुष्ट छन् ।’ राज्यको ऐन–नियम अनुसार मन्दिर तथा मठको जग्गा संरक्षण र विकास गरिने भने ।
भैसाखादरमा रहेको रामजानकी मन्दिरलाई लुम्बिनीसँग जोडेर पर्यटकीय स्थलको रुपमा विकास गर्न बजेट विनियोजन गरिएको र मन्दिरको आवश्यक भौतिक पुर्वधारको विकास गरिने तथा जग्गा संरक्षणका लागि तारवार लागाईने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताइन । मन्दिरमा रहेका संरक्षक भनिने महन्तको ब्यक्तिगत स्वार्थले गर्दा सम्पत्तीको दुरुपयोग भएको र अहिलेसम्म मन्दिरको सामान्य मर्मत सम्भार समेत हुन नसकेको स्थानीयकाे आरोप छ ।
मन्दिरमा रहेको जग्गा संरक्षण हुनुपर्ने, मन्दिरको आम्दानी मन्दिरको विकासमा लगाउनु पर्ने, हिसाव किताव पारदर्शी तरिकाले राख्नुपर्ने, स्थानीय तथा अन्य सवै भक्तजनहरुले पुजापाठ गर्न पाउनुपर्नेलागयतका माग आफुहरुले विगतदेखि नै उठाउँदै आएको स्थानीय सोमै थारुले बताए। प्रमुख संरक्षक भनिने वैष्ठव (झा) महन्तले अहिलेसम्म हिसाव पारदर्शी नगरेको मन्दिरको जग्मा भएका काठ जथाभवी कटान गरि बेचविखन गरेको, मन्दिरको जग्गामा माछा पालन गर्न दिएको, गाउँबासिबाट जथाभावी रकम असुली गर्ने गरेको स्थानीयको आरोप छ ।
समुदायले गरे ११ सदस्यीय संरक्षण समिति
जग्गा संरक्षणका लागि वडा–३ का अध्यक्ष घिसन अहिरको संयोजकत्वका ११ सदस्यीय मन्दिर संरक्षण समिति गठन गरिएको छ । मठ तथा मन्दिरको सबै सम्पत्ती संरक्षण र सम्वद्र्धन तथा संचालनका लागि समुुदायको समेत अपनत्व हुनेगरि विशेष योजना बनाइने संयोजक अहिरले बताए । उक्त समितिको उपाध्यक्षमा वृहस्पति थारु, सचिव सुरेश यादव र सदस्यहरुमा त्रिभवानी थारु, बलिराम यादव, राजेन्द्र यादव, रोशनप्रसाद चौधरी, मञ्जु थारु, महातन यादव र शिवकुमार थारु सदस्य रहेका छन । यस्तै मन्दिर संरक्षक बाबा समितिको पदेन सदस्य रहनेछन् ।
गाउँपालिकाले सार्वजनिक र गुठी जग्गा संरक्षण गर्नुको सट्टा अतिक्रमण भयो भनेर समाचार तथा प्रचार गरिएको प्रति अपात्ति जनाएको छ । सो आरोप झुट्टा रहेको बताउँदै गाउँपालिकाले पालिकामै प्रत्रकार सम्मेलन गरि स्पष्ट पारेको छ । सार्वजनिक सम्पतीको दुरुपोग हुन नदिने पालिकाले दृढता व्यक्त गरेको छ । गाउँपालिकाका अध्यक्ष अयोध्या थारूले सार्वजनिक जग्गा संरक्षण गर्नु आफूहरूको दायि