Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ३५ प्रतिशत सम्पन्न


  • लुम्बिनी चिन्तन
  • श्रावण ३, २०७८ आइतवार
  • 798
    SHARES

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ३५ प्रतिशत सम्पन्न

चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ३५ प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको एक वर्षको अवधिमा ३५ प्रतिशत काम सकिँदा ५२ करोड रुपैयाँ खर्च भएको र १४ करोड रुपैयाँ ऋण रहेको बताइएको छ । 

चितवनको भरतपुर नगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान अन्तरगत संरचनाको काम सुरु भएको शुक्रबार १ वर्ष पूरा भएको हो । गत वर्ष श्रावण १ गतेदेखि जग हाल्न सुरु गर्दै कंक्रिट ढलानको काम शुभारम्भ गरिएको थियो । 

रंगशालाको दुई स्ट्यान्ड जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ, त्यस्तै टाइबिमको काम पनि २० प्रतिशत सकिएको छ । मैदानमा दुबो रोप्ने काम सकिएसँगै मैदानको ९५ प्रतिशत काम सकिएको धुर्मुस सुन्तली फाउन्डेसनका परियोजना व्यवस्थापक जनार्दन शर्मा देवकोटाले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ । 


लुम्बिनी चिन्तन

थप समाचार