Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा रेनल्ट काइगर गाडीको विक्री शुभारम्भ


  • लुम्बिनी चिन्तन
  • श्रावण ३, २०७८ आइतवार
  • 3.5K
    SHARES

भैरहवामा रेनल्ट काइगर गाडीको विक्री शुभारम्भ

भैरहवा ।  रेनल्ट कम्पनीको न्यु रेनल्ट काइगरको  विक्री शुभारम्भ भएको छ । भैरहवा क्षेत्रका लागि रेनल्ट गाडिको आधिकारीक बिक्रेता भैरहवा अटो कम्पनिले आईतबार एक कार्यक्रमका बीच न्यु रेनल्ट काइगर सार्वजनिक गरेको हो ।

नयां गाडिको सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्र प्रसाद आचार्यले सार्वजनिक गरेका हुन् । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि आचार्यले पछिल्लो समय भैरहवामा अटोमोबाइल कम्पनीहरुले निकै प्रगति गरेको बताए । । केही वर्ष अघिसम्म गाडी किन्नेहरुको रोजाई काठमाडौ वा अन्य शहरमा भएपनि पछिल्लो समय यहांको अटो व्यवसायले सोंचे भन्दा धेरै राम्रो सेवा दिएको उनले बताए ।  उनले लुम्बिनी प्रदेशको नाममै अब गाडीहरु दर्ता गर्ने प्रकृया अगाडी बढाउन संचालकहरुलाइ आग्रह गरे । देश संघीयतामा गै सके पनि अहिले सम्म बागमती प्रदेशकै नाममा दर्ता हुंदै आएको पारिपाटी फेर्नु पर्ने र यसले लुम्बिनी प्रदेशको प्रचारमा समेत टेवा पुग्ने उनले बताए ।

WhatsApp Image 2021-07-18 at 5.38.34 PM (3).jpeg

कार्यक्रममा कम्पनीका अटो ईन्जिनियर विरेन्द्र गुप्ताले नयां गाडिको विषेशताका बारेमा जानकारी दिए । उनका अनुसार यसयुभी बर्गको यो कारको स्पोर्टी लुक रहेको र रेनल्टकै यस अघिका यसयुभी डस्टर र क्याप्चर भन्दा केही सानो आकारको रहे पनि इन्जिन र शक्तिमा उनिहरु जस्तै रहेका छ ।

१ हजार सिसि क्षमता रहेको यो कारको ग्राउण्ड क्लियरेन्स २ सय ५ एमएम रहेको गुप्ताले जनाए । यस्तै ४ सय ५ लिटरको बुस्ट स्पेस रहेकोले पहाडी बाटोमा समेत गाडि उपयुतm रहेको उनले बताए । नेपाली बाटोलाई सुहाउने फिचर छ उनले भने ।

रेनो काइगरले आफैलाई एक स्टनिंग, स्मार्ट र स्पोर्टी बी–एसयूभीको रुपमा स्थापित गरेको छ । स्टनिंग डिजाइन स्पोर्टी र मस्कुलर एलिमेन्टहरु द्वारा उदाहरणको रुपमा छ, जसले रेनो काइगरलाई एक सही एसयुभीको रुपमा खडा गरेको छ । रेनो काइगरमा स्मार्ट केबिनले प्रविधि, कार्यक्षमता र रुमिनेशको संयोजन रहेको छ । उच्च प्रदर्शनको साथसाथै यसमा स्पोर्टी ड्राइभ रहेको छ जसमा मल्टि सेन्स ड्राइभ मोडहरु रहेको छ । यसले ग्राहकहरुलाई ड्राइभिंग प्राथमिकताहरुमा फ्लेग्जेबिलिटी प्रदान गर्दछ ।

d.jpg

आजदेखी बिक्री सुरु भएको यो गाडीको मूल्य २८ लाख ४९ हजार देखि सुरु भै ३८ लाख १९ हजार सम्म रहेको कम्पनीका सन्चालक घनश्याम यादवले जनाए ।

कम्पनीका सन्चालक घनश्याम यादवको अध्यक्षता, सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष नेत्र प्रसाद आचार्यको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन डार्बिन रोक्का मगर र स्वागत संचालक गुरु प्रसाद क्षेत्रले गरेका थिए भने गाडीको बिषयमा थप जानकारी गणेश थापाले दिएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार