भैरहवा । लुम्बिनीमा पहिलो पटक नेपाली साङकेतिक भाषा दोभाषे तालिम भएको छ । महिला बालबालिका तथा नागरिक मन्त्रालय, भाषा आयोग र अष्ट्रेलियन राजदूतावासको सहकार्यमा ३ महिने तालिम शनिबार सम्पन्न भएको हो ।
राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा भएको तालिम संघीयता पछि नै पहिलो पटक भएको छ, नेपालबाट २० जनाले दोभाषे आधारभूत तालिम लिई व्यवसायिक दोभाषेको रुपमा संचार जोड्ने भुमिका पाएको महासंघका अध्यक्ष केपी अधिकारीले बaताए । बहिरा नागरिकको मुख्य समस्या नै संचार रहेकोले, समाजमा समावेशीकरण हुनका लागि अन्तर संचार (कम्युनिकेशन ग्याप) नहोस भन्ने उद्धेश्यका साथ तालिम गरिएको हो, अहिले आधारभूत तालिम भए पनि यसलाई निरन्तरता दिदै अझ परिस्कृत गर्दै तालिम र दोभाषे विकास, शिक्षामा जोड दिने विषयमा महासंघ लागेको अध्यक्ष अधिकारीले बताए ।

कोरोना महामारीको बीच रुपन्देहीको लुम्बिनी सुरम्मा होटलमा जोखिम मोलेर भएको तालिममा २० जना सहभागी भएका थिए । तालिममा रुपन्देहीका २ सहित विभिन्न जिल्लाका प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । उनीहरुलाई कृष्ण गजुरेल र याशोधा थापाले प्रशिक्षण गरेका थिए ।
तालिम समापन कार्यक्रममा बोलदै प्रमुख अतिथी राष्ट्रिय भाषा आयोग मातृभाषा शिक्षा शाखाका प्रमुख डा. लोकबहादुर लोप्चनले दोभाषे जिवनबाट दुई जनाको विचार र भावनालाई जोड्ने कामको सुरुवात गरेको बधाई दिदै यसलाई रोजगारसँग जोडेर लैजाने प्रतिबद्धता जनाए ।
तालिमले बाहिरा नागरिकको समस्या, भुमिकालाई संचारको माध्यमबाट जउनीहरुको आवाजलाई जोड्ने काम गर्ने बताउदै भाषा आयोगले पेशागत सुरक्षाको लागि पहल र समन्वयात्मक भुमिका खेलने शिक्षा शाखाका प्रमुख लोपचनले बताए ।

राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले अन्य भाषाको तुलनामा हिरा समुदायको भाषाका लागि लगानी नगरेको दुखेसो गर्दे बहिराहरुको मनोभावलाई आम मानिस सम्म ल्याउन आबश्यक पर्ने दोभाषे उत्पादन गर्न पनि लगानी गर्नुपर्ने बताए । नेपालमा ८० हजार बढी बहिरा रहेको तथ्याङक भएपनि हाल सम्म २० जना मात्र दोभाषे रहेकोले यसको विकासका लागि तालिम केन्द्र र पेशागत विकासको प्रमाणिकरणको व्यवस्था हुनु पर्ने, बहिरा समदायका लागि दोभाषे नहुनु भनेको पानी विनाको माछा झै भएकोले पेशागत विकासका लागि बजेट, तालिम केन्द्र र अनुसन्धान गर्ने व्यवस्था मिलाई भाषा आयोगलाई सहकार्य र समन्वय गर्न आग्रह गरे ।

कार्यक्रममा बोलदै प्रशिक्षार्थी दोयनाथ ओझा, इन्दिरा पाण्डेले तालिम धेरै फलदायी भए पनि सिकेका कुरा कार्यान्वयन भएन भने खेर जाने हुदा सरोकारवाला निकायलाई रोजगारीका लागि पहल गर्न आग्रह गरे । हामी बहिरा समुदायको आवाजको रुपमा जिम्मेवारी पाएकोले जिम्मेवारीवोध गराउने उनीहरुले बताए ।
प्रशिक्षक पूर्णिमा कार्कीको संचालन, राष्ट्रिय बहिरा महासंघ अध्यक्ष केपी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक कृष्ण गजुरेल, नेपाल पत्रकार महासंघ रुपन्देही सदस्य नबिन घिमिरे, होटल संचालक लगायतले मनतव्य दिएका थिए ।