Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवा भन्सार कार्यालयद्वारा १ खर्ब साढे  १२ अर्ब राजस्व संकलन

भैरहवा सेज संचालन नहुंदा निर्यात जन्य राजश्वको हिस्सा नगन्य


  • सम्झना शर्मा
  • श्रावण ३, २०७८ आइतवार
  • 2.0K
    SHARES

भैरहवा भन्सार कार्यालयद्वारा १ खर्ब साढे  १२ अर्ब राजस्व संकलन

भैरहवा । मुलुककै दोस्रो ठुलोे भैरहवा भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । कोरोना कहरकाबीचमा पनि कार्यालयले  लक्ष्य भन्दा करीब १ सय १३ प्रतिशत राजश्व शंकलन गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७७÷७८का लागि ९९ अर्व ६५ करोड ७६ लाख राजश्व असुली लक्ष्य पाएको यस भन्सारले  लक्ष्यको करीब  १ सय १३ प्रतिशत  १ खर्व १२ अर्ब ५४ करोड २५ लाख राजश्व ससंकलन गरेको  भैरहवा भन्सार कार्यालय वेलहियाका सुचना अधिकृत तीर्थराज पासवानले जानकारी दिए । बन्दाबन्दीका वावजुत सबै पक्षको कडा मेहनतले यस कार्यालयले लक्ष्यभन्दा बढी राजश्व शंकलन गरेको हो उनले भने ।

सुचना अधिकृत वासवानले भने “यस वर्ष १ खर्व १२ अर्ब ५४ करोड २५ लाख राजस्व संकलन गरेका छौ जुन लक्ष्यको १२ दशमलव ९३  प्रतिशत बढी हो । विगत ३ वर्ष देखि कार्यालयले लक्ष्य भेट्टयाउन सकेको थिएन यस वर्ष लक्ष्य पार गर्न सकेका छौ ।”

गत आर्थिक वर्षमा भन्सार विभागको लक्ष्यमा भैरहवा भन्सार कार्यालयबाट मात्रै २२ दशमलव ५६ प्रतिशत योग्दान छ । कोभिडको प्रभाव परेर अन्य क्षेत्र बन्द भए पनि भैरहवा भन्सार कार्यालय सुचारु रहेकाले यसले राजस्व असुली वृद्धिमा सकारात्मक प्रभाव पारेको हो । चालु आर्थिक बर्षमा सबै भन्दा बढी राजस्व भैरहवा भन्सार कार्यालयले मोटरसाईकलबाट असुल गरेको छ ।

यस्तै कार्यालयले आर्थिक बर्ष २०७७÷०७८ मा मात्रै भैरहवा भन्सार हुंदै २१ अर्ब बढी मुल्य बराबरको २ लाख १६ हजार ९ सय ६९ वटा मोटरसाईकल बाट २० अर्व ६३ करोड १४ लाख ५४ हजार राजस्व असुल गरेको छ ।

यस्तै एमएस विलेटबाट ५ अर्व ६९ करोड, ग्लेज टाईलबाट ३ अर्व ४ करोड ४४, हाइस्पीड डीजलबाट २ अर्ब ६३ करोड, सिंगल क्याब पीकअप बाट २ अर्ब ६२ करोड, डबल क्याब पीकअपबाट २ अर्ब ४७ करोड राजस्व असुल भएको छ । यसका साथै भारतबाट नेपाल तर्फ  गाडी, ट्रक, मिनी ट्रक, मार्बल, पेट्रोल लगातका बस्तु बढी मात्रामा आयात हुने गरेकाृ छ ।

भैरहवा भन्सार कार्यालय निर्यात लक्षित भन्सार नरहेको कारण यहाबाट न्यून रुपमा निर्यात हुने गरेको छ ।  बिषेश गरी निर्यातको आधार भैरहवा सेजको संचालन नहुंदा नेपालबाट निर्यातजन्य बस्तु उत्पादन हुन सकिरहेका छैनन् । सेजको सहज संचालन विना निर्यात जन्य राजश्वको कल्पना गर्न नसकिने सुचना अधिकृत वासवानले बताए । अहिले कृषिजन्य उत्पादनमा भटमासको तेल सबै भन्दा बढी निर्यात हुने गरेको छ ।

चालु आर्थिक बर्षमा कार्यालयबाट १ अर्व ९२ करोड मूल्य बराबरको भटमासको तेल निर्यात भएकोे छ । त्यस्तै १ अर्ब २८ करोडको  सेन्थेटिक यार्न, ५२ करोडको पिना, ३६ करोडको स्टीका भाडाकुडा, ३४ करोडको चोकर र भुसहरु, २७ करोडको जडीबुटी निर्यात भएको छ । भैरहवा भन्सार हुदै यि बस्तु सहित बिशेष खोटो रोजीन, बोरा झोला अन्य कपडा पदार्थ, प्लाष्टिकको नली पाईप, रेसाको कपडा, दालचिनी लगायतका बस्तु निर्यात हुने गरेका छन् ।

यस कार्यालयले विगत तिन वर्षदेखि आफ्नो लक्ष्य पुरा गर्न सकिरहेको थिएन् । आर्थिक बर्ष २०७४÷०७५ मा ८१ अर्व ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य तोकिएकोमा ८६ प्रतिशत मात्र अर्थात ७० अर्व २८ करोड ९३ लाख ५ हजार राजस्व असुली भएको थियो ।

यस्तै आर्थिक बर्ष २०७५÷०७६ मा ९३ अर्व ९५ करोड ९७ लाख ७३ हजार असुलीको लक्ष्य पाएकोमा ८८ प्रतिशत अर्थात ८२ करोड ३० लाख ५३ लाख ३३ हजार मात्र असुल भएको थियो ।

सबै भन्दा कम राजस्व गत बर्ष २०७६÷०७७ मा असुल भएको थियो । अहिले सम्मकै सबै भन्दा बढी १ खर्व ६ अर्व ८८ लाख ८६ हजार लक्ष्य तोकिएकोमा कार्यालयले ६६ प्रतिशत मात्र राजश्व असुल गरेको थियो । आर्थिक बर्ष २०७७÷७८मा भने लक्ष्य पार भएको छ ।


सम्झना शर्मा

थप समाचार