भैरहवा । लायन्स क्लब अफ भलवारी सिटी र लियो क्लब अफ भलवारी सिटीको संयुक्त आयोजनामा भलवारीको सनराईज स्पोर्टस् फुटसलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लायन गणेश थापा र लियो रितु ज्ञवालीको अध्यक्षता , लियो जिल्ला परिषद ३२५ बी २ नेपालका उपाध्यक्ष लियो लिलामणी न्यौपानेको प्रमुख आतिथ्यता र लायन जिल्ला परिषद ३२५ बी २ नेपालका जिल्ला डिपार्टमेण्ट मेम्बर लायन डी.बी. थापा , रिजन चेयरपर्सन लायन संगम न्यौपाने र जोन चेयरपर्सन लायन तारा छन्तेलको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा लायन श्रवण कुमार थापा खाम्या , प्रेम घर्ती मगर र लियो लिलामणी न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा लियो क्लब अफ भलवारी सिटीका निवर्तमान अध्यक्ष लियो रवीन जोशी , लायन लियो क्लब अफ भलवारी सिटीका निवर्तमान अध्यक्ष लायन श्रवण कुमार थापा खाम्या , लियो जिल्ला परिषद ३२५ बी २ नेपालका एरिया चिफ लियो सुमन अधिकारी , लायन केशव चौधरी , सन्तोष खरेल लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजक लियो क्लब अफ भलवारी सिटीकी सह—सचिव लियो अस्मिता श्रेष्ठ र लायन क्लब अफ भलवारी सिटीका प्रथम उपाध्यक्ष लायन रमेश श्रेष्ठको रहेको थियो भने कार्यक्रमको संचालन लियो संजोक ज्ञवालीले गरेका थिए ।