Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जिल्ला प्रहरी कार्यालयमा नागरिक सेवा केन्द्र स्थापना, डिजीटल टोकन सिस्टम

डिआइजी आचार्यद्वारा एकीकृत नागरिक सेवा केन्द्र र बेलहिया प्रहरी विटको उद्घाटन


  • लुम्बिनी चिन्तन
  • श्रावण ३, २०७८ आइतवार
  • 1.2K
    SHARES

जिल्ला प्रहरी कार्यालयमा नागरिक सेवा केन्द्र स्थापना,  डिजीटल टोकन सिस्टम

भैरहवा । जिल्ला प्रहरी कार्यालयले डिजीटल प्रणली सहित एकीकृत नागरिक सेवा केन्द्र संचालनमा ल्याएको छ । कार्यालयमा आउने सेवाग्राहीको सहजताका लागि डिजिटल प्रविधिमा आधारित टोकन सिस्टम सहितको नागरिक सेवा केन्द्र संचालनामा ल्याएको हो ।

_DSC0526.JPG

आइतबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी मुकुन्द आचार्यले पहिलो टोकन सेवाग्राहीलाई प्रदान गर्दै उक्त प्रणालीको सुरुवात गरेका हुन । सेवाग्राहीको काम छिटो छरितो र तोकिएको ठाउंबाट कार्य सम्पादन गर्ने उद्धेश्यले जिल्ला प्रहरी कार्यालय मध्ये नेपालमै पहिलो पटक रुपन्देहीबाट यो सेवाको शुभारम्भ भएको हो ।

आम नागरिक प्रहरी कार्यालय आउंदा कुनै प्रकारको झन्झट नहोस् भन्दै मुख्यद्वारमा नै के काम र उद्देश्यले आएको, सम्बन्धित शाखाबाट द्रुत गतिमा कार्य सम्पादन हुने गरी यसको विकास गरिएको हो । कुनै पनि काम लिएर प्रहरी कार्यालयमा गए पछि पद्धति अनुसार काम हुने भएकोले प्रविधि युक्त सेवा सहितको ‘नागरिक मैत्री प्रहरीको अभियान’ को रुपमा यसलाई लिएको डिआइजी आचार्यले बताए ।

नागरिकको सुनुवाई भएन भन्ने गुनासो र कुन कामको लागि कहां जाने भन्ने बारे आमनागरिकलाई ज्ञान नभएकोले झन्झटिलो नहोस, द्रुत गतिमा काम गर्नका लागि यो प्रणलीको विकास गरिएको हो, सम्भवतः यो प्रहरी इकाईमा यो पहिलो अभ्यास नै डिआइजी आचार्यले भने ।

_DSC0539.JPG

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक मनोज केसीले नागरीक सेवा केन्द्रलाई कम्प्युटरकृत बनाईएको बताए । कुनै पनि नागरिक समस्या लिएर आउंदा पहिला गेटमै रहेको नागरिक सेवा केन्द्रमा आफनो काम र फांट उल्लेख गरे पछि सेवा केन्द्रका प्राविधिकले कम्प्युटरमा निवेदन इन्ट्री गरे पछि सो सम्बन्धित फाटमा पुग्ने भएकाले काममा सहजता आउने र जो पहिला आउछ उसैको काम अगाडी हुने र उनिहरुलाई टोकन समेत दिईने प्रहरी उपरीक्षक केसीले बताए । पछाडी आएर मेरो पहुच छ छिटो काम हुन्छ भन्ने हुदैन, सबै टोकन प्रणाली अनुसार काम हुने छ एसपी केसीले भने  ।  

यस्तै जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय बेलहियाले बेलहिया बाइपासमा प्रहरी विट(चेक प्वाइन्ट)बाट सेवा सुभारम्भ गरेको छ ।

collage (36).jpg

पहिलै देखि चेक प्वाइन्टको रुपमा रहेको अस्थायी प्रहरी चेकप्वाइन्टमा ५ लाखको लगातमा प्रहरी विट स्थापना गरी आजबाट सेवा सुरु गरिएको हो ।

चेक प्वाइन्टको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी मुकुन्द आचार्यले रिबन काटेर शुभारम्भ गरेका हुन । सो अवसरमा बोल्दै डिआइजी आचार्यले  प्रहरी कर्मचारीको काममा सहजताका लागि घाम पानीमा ओत लाग्ने गरी विटको स्थापना गरिएको बताए ।

collage (37).jpg

नागरिकको सेवा, सुरक्षा र सिमाबाट हुने अबैध सामान भित्रिन नदिन, सवारी साधनहरुको चेकजाँच, अपराध नियन्त्रण गर्न सहज होस भन्ने उद्देश्यले व्यवस्थित रुपमा प्रहरी विटको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए । बाटोको छेउमा अस्थाई रुपमा बस्दै आएको प्रहरीको सहजताका लागि विट स्थापना गरिएको हो ।


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार