Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चार मोटरसाइकल सहित चोरी गर्ने समूह पक्राउ


  • लुम्बिनी चिन्तन
  • श्रावण ४, २०७८ सोमवार
  • 2.3K
    SHARES

चार मोटरसाइकल सहित चोरी गर्ने समूह पक्राउ

भैरहवा ।  जिल्ला प्रहरी कार्यालय रूपन्देहीले मोटरसाइकल चोरी गर्ने समूहलाई पक्राउ गरेको छ । 
मोटरसाइकल चोरी भएको भनि कार्यालयमा निवेदन आएपछि कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्दा नवलपरासीबाट मोटरसाइकल सहित चोरी गर्ने समूह पक्राउ परेका हुन । 

शनिबार २ बजे ओमसतिया–४, बालापुर प्रदिप गुप्ताको मोटरसाइकल चोरी भएपछि खोजतलास गर्दै जादा प्रहरी टोलीले नवलपरासी प्रतापुर गाउँपालिका वडा नं.१ जमुनियाका दिपक थारुको घरमा लुकाई छिपाई राखेको अबस्थामा फेला पारेको थियो । गुप्ताको लु ६३ प ४२२०  सहित अन्य ३ वटा लु ४४ प ८१९५, लु ४२ प ४६ रलु ४२ प ५६०७ नं.को मोटरसाईकलहरु समेत एकै ठाँउमा राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । 

थारुको घरमा मोटरसाईकल बरामदसँगै सोधपुछ गर्दा उक्त मोटरसाइकल खिरि नारायण थारु र खेम नारायण थारुले ल्याई राखेका बयान दिएपछि उनीहरुलाई समेत सम्पर्कमा ल्याई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए । 

पक्राउ पर्नेमा नवलपरासी प्रतापुर गाउँपालिका वडा नं.१ जमुनियाका ३५  वर्षिय दिपक थारु, सोही स्थान वडा नं.२ बस्ने २० वर्षिय खिरि नारायण थारु  र सरावल गाउँपालिका वडा नं.२ बस्ने ३० वर्षिय खेम नारायण थारुलाई रुपन्देही जिल्ला अदालतबाट चोरी मुद्धामा ५  दिनको  म्याद थप अनुमती लिई अनुसन्धान भैरहेको थापाले जानकारी दिए । उनीहरुको समूहले मोटरासाइकल चोरी गर्दै विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार