Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

होण्डा ग्राजियाको बिएसभिआई मोडल सार्वजनिक


  • लुम्बिनी चिन्तन
  • श्रावण ४, २०७८ सोमवार
  • 1.4K
    SHARES

होण्डा ग्राजियाको बिएसभिआई मोडल सार्वजनिक

भैरहवा । होण्डा मोटरसाइकल तथा स्कुटरले ग्राजियाको बिएसभिआई मोडल सार्वजनिक गरेको छ । 
नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीको रुपन्देहीका लागि डिलर सिद्धि विनायक अटो इन्टरनेशनलप्रा.ली ले होन्डा ग्राजियाको बिएसभिआई मोडल सार्वजनिक गरेको हो । शोरुममा सिदार्थ नगरपालीका वडा नं. ८ काअध्यक्ष राजनजंग राणा ले उक्त स्कुटरको लन्चिङ्ग गरी विक्री शुरुवात गरेका हुन ।   

217508185_568250314181148_2704864101748091611_n.jpg

कम्पनीले आकर्षक र स्टाइलिस लुक रहेको भनेको १२५ सिसी क्षमताको बिएसभिआई मोडलमा व्यवहारिक फिचरहरू थप गरिएको छ । १५५ एमएमदेखि १७१ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । 

यस फिचर अन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्तगर्न सकिनेछ । पर्ल नाइटस्टार व्ल्याक र स्पोर्टस् रेड कलर अप्सनमा आएको यसले अफरोड राइडलाई अझै आरामदायी बनाउने छ ।
ग्राजिया बीएस–६ डीआरएसको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ र ग्राजिया बीएस–६ डीएसएस मोडलको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

217683336_2875210799362714_3414311647724243690_n.jpg

होण्डाको पीजीएम–एफआई (प्रोग्राम फ्यूल इन्जेक्सन) टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर दिन्छ । ग्राजियाको यस नयाँ बीएस–६ डीएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि आईडिलिङ स्टप रहेको छ । भने, नयाँ बीएस–६ एसटीडी मोडलमा इन्जिन स्टार्टस्टप स्विच छ ।

यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसीजी सहितको साइलेन्ट स्टार्ट, ईएसपी टेक्नोलोजीको साथ एचईटी इन्जिन लगायत अन्य विभिन्न उपयोगी फिचर छन् । प्रलिले लन्चिङको अवसर पारेर खरीद गर्ने ग्राहकहरुका लागी नगद छुट र आकर्षक गिफ्ट ह्याम्पर समेत रहेको कम्पनीका कार्यकारी निर्देशक सुरज क्षेत्रीले बताए । 

218872495_181836903996529_4192146772315105106_n.jpg


लुम्बिनी चिन्तन

थप समाचार