Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा साेमबार ४२ जनामा संक्रमण पुष्टी , ५८ जना अस्पतालमा उपचाररत


  • लुम्बिनी चिन्तन
  • श्रावण ४, २०७८ सोमवार
  • 956
    SHARES

रुपन्देहीमा साेमबार ४२ जनामा संक्रमण पुष्टी , ५८ जना अस्पतालमा उपचाररत

भैरहवा । रुपन्देहीमा साेमबार ४२ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ ।  पछिल्लो २४ घण्टामा गरिएका २३५ जनाको पिसिअार परीक्षणबाट १९ महिला र २३ पुरूषमा संक्रमण पुष्टी भएकाे हाे । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लाबाट ४७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढी तिलोत्तमा नगरपालिकामा ११ महिला १० पुरूषा गरी २१ जना संक्रमित थपिएका छन । त्यस्तै बुटवल उपमहानगरपालिकामा १६ जना, देवदह नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा १-१ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हालसम्म जिल्लामा ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३१८ रहेको छन्। जसमध्ये ५८ जना अस्पतालमा उपचाररत छन भने २६० जना हाेम अाइशाेलेशनमा रहेका छन ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार