Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बकरईद पर्व मनाइदै, कोरोनाका यस वर्ष पनि रौनक कम


  • लुम्बिनी चिन्तन
  • श्रावण ७, २०७८ बिहिवार
  • 1.1K
    SHARES

बकरईद पर्व मनाइदै, कोरोनाका यस वर्ष पनि रौनक कम

भैरहवा । इस्लाम धर्माबलम्बीहरुको दोस्रो ठुलो पर्व इद– उल– अजहा (बकरा ईद ) बुधबारबाट सुरु भएको छ, तीन दिनसम्म मनाइने याे पर्व आज दाेस्राे दिन पनि मनाइदै छ । इस्लामिक क्यालेन्डर हिजरी सम्बत को १२ औ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ ।

इदकाे ७० दिन पछि शुरु हुने यो पर्वमा पशुबलीसँग प्रत्यक्ष सरोकार राख्ने गर्छ । बकराईदको पहिलो दिन, बिहानै नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा वासनादार अत्तर लगाई इदगाह  (नमाज पढ्न बनाइएको विशेष खुल्ला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढ्ने गरिन्छ तर यस वर्ष कोरोना महामारीको जोखिम कायम रहेकोले घर घरमा र कहि कहि मस्जिदमा नमाज पढेर वकरइद हिजाेबाट मनाइदै छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि सामूहिक कार्यक्रम नगर्ने भनि निषेधाज्ञा जारी गरेकोले सोही आदेश बमोजिम वर्षमा २ पटक मात्र पढिने इदगाह यस वर्ष चौथो पटक भैरहवामा सुनसान रह्यो । ईस्लाम धर्मको महान पर्व (ईदुल फित्र) ईद र (ईदुलअजहा) बकरईदको दिन मुस्लिम समुदाय एकत्रित इदगाहमा नमाज पढ्ने गर्छन ।

४ दशक बढि देखि वर्षेनी सामुहिक नमाज पढ्दै आएका यस क्षेत्रमा मुस्लिम समु्दाय यस वर्ष विश्वव्यापी त्रास कोरोनाका कारण नमाज पढ्न सकेनन । सरकारको आदेशको पालना गर्दै ईदको नमाज पनि घरमै पढ्यौ, दोस्रो ठूलो पर्व बकरईदको नमाज पनि घरघरमै पढेर मनाएकाे मुस्लिम अगुवा अकबाल हुसेनले भने ।  

अल्लाहको आदेशमा इब्राहिमले आफ्ना प्यारो छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाईने गरिन्छ । अल्लाहको आदेशमा इब्राहिमलाई आफ्नो नजिकको प्यारो के हो त्यसको कुर्वानी (बलिदान) दिनु भन्ने थियो, जस अनुसार छोरा इस्माइललाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँले बलिदान दिने क्रममा इब्राहिमको हात बाट अक्स्मात छोराको ठाँउमा दुम्बा(मरुभुमिमा पाइने भेडा) राखीदिए बलिदान गर्ने भनी आदेश दिए, बलिदान दिदा इबा्रहिमको नजरमा उन्को छोरा इस्माइलको कुर्बानी भयो भन्ने थियो तर आखाँ खोल्दा छोरा नभएर एउटा दुम्बा लाई कुर्बान गरेका थिए, सोही घटनाको सम्झनामा यो पर्व मनाईन्छ ।

बकरइदमा नमाजपछि अ–आफनो घर गई क्षमता र हैसियत हुनेहरुले कुर्बानी (बलि दिने) गरिन्छ । त्यस्तो कुर्बानी चौपायामा मात्रै गर्नुपर्ने हुन्छ । खसी, राँगा, भेंडा, उँट, दुम्बा (खाडीमा पाइने जनावर) लगायतका जनावरलाई कुर्बानी दिन योग्य मानिन्छ । ठूला जनावरहरू राँगा, ऊँट लगायतमा ३, ५ र ७ जनासम्मले समूहमा वा एकै व्यक्तिको नाममा कुर्बानी दिने गरिन्छ भने् खसी, बाख्रा, दुम्बामा एकजनाको नाममा मात्रै लगाउने प्रवधान छ । त्यस्तो जनावर बिरामी, खुट्टा खोच्याउने, कान काटिएको, सिङ भाँचिएको हुनु हुँदैन ।

इस्लामिक धर्माबलम्बीका अनुसार,  कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ । एक भाग आफ्ना घर परिवारका लाीग, अर्को आफन्त तथा इष्टमित्रका लागि र तेस्रो भाग गरिब एंव असक्षम मानिस लागि छुट्याउनु पर्ने हुन्छ । यो पर्वमा कोही पनि मासु खानबाट बन्चित नहोस भन्ने मान्यता रहेको छ ।

यस्तै दोश्रो र तेश्रो दिन पनि कुरवानी दिन सकिन्छ । यो बकरईदसंग हज (तीर्थाटन) समेत जोडिएको हुन्छ, तर गत वर्षदेखि हजयात्रा पनि रोकिएकोले सिमित स्वदेशका नागरिकले मात्र साउदीमा हज गरिरहेका छन । हजयात्रीहरुले बकरइदको नमाज साउदीमा नै पढ्ने गरेका थिए ।

पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । यो महिना पछि इस्लामिक नयाँ वर्ष मोहर्रम शुरु हुन्छ ।

विदामा पनि विश्व विद्यालयका परीक्षा संचालन

सरकारले मुस्लिम समुदायको पर्व बकरईदको अवसरमा सार्वजानिक बिदा दिने निर्णय गरेपनि बैंक तथा वित्तिय संस्था, सहकारी, विद्यालय र सरकारी स्वामित्वमा रहेको त्रिभुवन विश्व बिद्यालय लगायतका शैक्षिक संस्थाहरुले पूर्व निर्धारण गरेको परीक्षा स्थगित नगरेको मुस्लिम अगुवाहरुले गुनासो गरेका छन् । उनीहरुले सरकारले बिदा दिएपनि काम कार्यालय संचालन गरिरहेका छन, त्यस्तै सरकारी कलेज र बिद्यालयमा त्रिविको परीक्षा संचालन हुँदा मुस्लिम विद्यार्थीहरुले घर बसेर पर्व मनाउन नपाउने भएको बताएका छन् ।

त्रिभुवन विश्व बिद्यालयले विभिन्न संकायमा ३ र ४ वर्षे स्नातकको बैशाखमा स्थगित भएको परीक्षा साउन ५ गतेबाट ८ गते सम्म लिने गरि परीक्षा तालिका सार्वजानिक गरेको छ ।

सरकारले सार्वजनिक बिदाको घोषणा गरेपनि बिदाको दिन परीक्षा दिन जान परेपछि बिद्यार्थीहरुका लागि नाम मात्रकाे कागजमा बिदा भयाे, यसकाे कुनै मतलब छैन उनीहरूले भने । ‘चाडपर्वमा सबैभन्दा बढी रमाउने नै बिद्यार्थी केटाकेटी हुन्, उनीहरुले नै पर्व नमनाएर परिक्षा दिनु पर्ने अवस्था छ। ’ उनले भने । सरकारले बिदा दिने निर्णय गरेपनि त्रिभुवन विश्व बिद्यालयले भने परीक्षा स्थगित को सूचना प्रकाशित नगरी परिक्षा संचालन गरिररहेकाे छ ।


लुम्बिनी चिन्तन

थप समाचार