भैरहवा । रुपन्देहीमा सक्रिय संक्रमीतको संख्या ३ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ४ सय ७ जनाको पिसीआर परिक्षण गर्दा ५१ जना संक्रमित थपिका छन् । केही साता अघिसम्म घटेको सक्रिय संक्रमितको संख्या पछिल्ला दिनमा बढेको हो । पिसीआर परिक्षणको संख्यामा कमि भई अनुपात घटेपनि अझै जोखिम बढि नै रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले भने ।
निषोधाज्ञाले नै हामीले संक्रमण नियन्त्रीत गर्न सकेका हौ । स्थानीय प्रशासनले अझै जारी राखेको निषेधाज्ञा र त्यसपछिको अवस्थालाई व्यवस्थित गर्न नसके जोखिम पुग्न समय नलाग्ने कार्यालय प्रमुख राजेन्द्र गिरीले भने ।
आज थपिएका संक्रमित मध्ये सबै भन्दा बढि बुटवल उपमहाागरपालिकामा ७ महिला सहित १८ संक्रमित थपिएका छन ।
त्यस्तै तिलोत्तमामा ८ महिला र ६ पुरुष गरी १४ जनामा, देवदहमा १०, सैनामैनामा ४, सिद्धार्थनगरमा ३ र सुद्धोधन गाँउपालिकामा २ जना नयाँ संक्रमित थपिएका छन ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको ज्यान गएको छैन, जिल्लामा संक्रमित भई मृत्यु हुनेको संख्या भने ५ सय ६ पुगेको छ ।
जिल्लामा कुल संक्रमितको संख्या २८ हजार ९ सय ७३ पुगेको छ । तीमध्ये २८ हजार १ सय ८ जना निको भइसकेका छन् । सक्रिय संक्रमित ३ सय ५९ जना मध्ये ५८ जनामा लक्षण देखिएकोले अस्पतालमा उपचाररत छन भने ३ सय १ जना होम आइशोलेशनमा छन ।