भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा न. ६ को स्वास्थ्य सेवा तथा वडा कार्यालय भवन शिलान्यास भएको छ । आज एक कार्यक्रमका विचमा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सन्तोष पाण्डे र नगरप्रमुख हरिप्रसाद अधिकारीले संयुक्त रुपमाशिलन्यास भएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले जनताको करबाट हामी जनप्रतिनिधिको माध्यम बनेर भएको काममा सबैको सहयोग जरुरी रहेको बताए । कामका हिसाबले मन्त्री हुंदा बजेट अब विकासमा लगाउन सकिने मन्त्री पाण्डेले बताए ।
कार्यक्रममा नगरप्रमुख हरिप्रसाद अधिकारीले नगरमा केहि भएनभन्नु भन्दा भएका कामको सकारात्मकतरिकाले राम्रो लाई राम्रो भन्न सक्नु पर्नेमा जोड दिए । धेरै काम र विकास नगरमा भएको र अब ६ न. वडाको भवन बनेपछि सबै वडा कार्यालय आफ्नै भवनमा हुने उन्काे भनाइ छ । शिलन्यास कार्यक्रममा उपप्रमुख उमा काफ्लेले सार्वजनिक जग्गाको खोजीमा सबै जनप्रतिनिधि लाग्नु पर्नेमा जोड दिए ।
६ न. वडाका वडा अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व वडा अध्यक्ष रामशंकर कान्दु, करुणा निधिशर्मा,जनता समाजवादी पार्टीका नगर अध्यक्षअर्जुन प्रसाद जयसवाल, वडा न.४ का वडा अध्यक्ष मुक्तिनाथ यादव भोला,वडा सदस्य वेदप्रसाद सापकोटा लगायतले बाेलेका थिए ।
नगरपालिका सामाजिक विकास शाखा प्रमुख यादव सापकोटाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
वडा न.६ को नेवाखलको भवन नजिकमा पर्ने २१ धुर जग्गाअर्थात साढे एघार सय वर्ग फुटमा माघ सम्ममा निर्माण सक्ने गरी ठेक्काभएको छ । भुंइतलामा स्वास्थय भवन निर्माण हुनेछ भने पहिलो तलामा वडा समितिको कार्यालय रहने वरिष्ठ इज्निियर जीवनअर्यालले बताए ।
लुम्बिनीप्रदेश सरकारबाट २८ लाख ५० हजार, स्वास्थ्यबाट ६१ लख ४९ हजार र बांकीनगरपालिकाले व्यहोर्ने गरी ८८ लाख ८४ हजार ७७४ मा ठेक्का सम्झौताभएको छ ।