Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सैनामैनाको मुर्गियामा १५ शैयाको अस्पताल बन्ने


  • लुम्बिनी चिन्तन
  • श्रावण १०, २०७८ आइतवार
  • 584
    SHARES

सैनामैनाको मुर्गियामा १५ शैयाको अस्पताल बन्ने

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा १५ शैयाको अस्पताल बन्ने भएकाे छ । शनिवार उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र नगर प्रमुख चित्र बहादुर कार्कीले शिलान्यास गरेका छन । पौडेलले भर्चुअल माध्यमबाट उक्त अस्पतालकाे शिलान्यास गरेका हुन । 

पुर्व अर्थमन्त्री एवम् रुपन्देही क्षेत्र न।२ का संघीय सांसद समेत रहेका विष्णु पौडेलले पौडेलले १५ शैयाको अस्तालको शिलान्यास गर्दै सम्पुर्ण नागरिकको स्वास्थ्य पहुँच विस्तार गर्ने उद्देश्यका साथ सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने योजना अघि बढाएको बताए । सैनामैनाको जीवनस्तरलाई माथि उठाउन र नगरका जनताको औसत आयु बृद्धि गर्नका लागि आधारभूत अस्पतालले महत्वपूर्ण भूमिका खेल्ने पौडेलको धारणा छ । 

अस्पताल निर्माणका लागि सरकारले बजेट प्रबन्ध गरेको बताउँदै उहाँले निर्माण हुने क्रममा भुक्तानी क्रमिक रुपमा हुँदै जाने बताए ।  स्तरीय सेवा प्रदान गर्ने योजनासहित आधारभूत अस्पताल निर्माण हुन लागेको हो ।  “अस्पतालमा डाक्टर, नर्स र दक्ष जनशक्ति हुन्छन्, जसले गर्दा नगरवासीले पर्याप्त सेवा सुविधा सहित उपचार प्राप्त गर्नुहुनेछ ।” महत्वपूर्ण आयोजनाको समयमै गुणस्तरीय तरिकाले निर्माण सम्पन्न गर्न उनले आग्रह गरे ।

अस्पताल निर्माणले नगरकोे बिकास तथा विस्तारमा थप सघाउ पु¥याउने नगर प्रमुख कार्कीको विश्वास छ । उहाँका अनुसार निर्माण हुने अस्पताल भवन भित्र बहिरङ्ग विभाग, अन्तरङ्ग विभाग, अपरेशन थियटर, इमरजेन्सी, प्रसुति सेवा लगायतका इकाई रहनेछन्  । 

कुल ११ करोड ३६ लाख लागत रहेको उक्त अस्पताल २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि ठेकेदार कम्पनी विच सम्झौता भएको हो ।  यसको संरचना ५० शैयाको अस्पताल निमार्ण गर्न सक्ने क्षमताको रहेको छ । 


  • सम्बन्धित विषय:

  • # सैनामैना

  • लुम्बिनी चिन्तन

    थप समाचार