तिलोत्तमा । तिलोत्तमानगर नगरपालिकामा फोहोरमैला व्यवस्थापनको लागि हरित पुनःउत्थानप्रवद्र्धन परियोजना (पिजीआरपी) शुरु भएको छ ।
तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र जनसहभागीतावास स्वास्थ्य सहकारी संस्था लि.को आर्थिक साझेदारीमा परियोजना सुरु भएको हो । परियोजनाले फोहोरमैला व्यवस्थापनको साथसाथै ४० जनाको लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।
फोहोरमैला व्यवस्थापनको कामगर्दै आएको वास सहकारी मार्फत् कार्यान्वयन हुने यो परियोजनाले लक्षितवर्गलाई रोजगारीको अवसर सिर्जना गर्नुको साथै फोहोरको व्यवस्थापन श्रोतबाट नै सुरु गर्नुपर्ने अवधारणालाई प्रवद्र्धन गर्ने नगर प्रमुखबासुदेव घिमिरेले बताउनुभयो । यसको लागि घर, उद्योग, व्यवसायतथा संघ—संस्थामाफोहोरको वर्गीकरण गर्ने प्रणालीको विकास गर्दै संकलन, वर्गीकरणतथाविसर्जनमालक्षितवर्गलाई सहभागी गराई रोजगारीको अवसर सिर्जना गरिने छ ।
परियोजनाअन्तर्गत् बायोग्याँस तथाप्राङ्गारिक मलउत्पादन गर्ने तथाव्यवसायिक जैविक खेतीलाई प्रवद्र्धन गरी आम्दानीको श्रोतलाई बढावादिने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमकोे पहिलो वर्षमा फोहोरमैलाव्यवस्थापनको जोखिमपूर्ण कार्यहरुमा संलग्नकरिब ४० जनालाई लक्षितगर्दै सुरक्षिततथाव्यवस्थिततरिकाले फोहोर संकलन, वर्गीकरण, पुनःप्रयोग तथाविसर्जन गर्ने सीप तथा रोजगारीको अवसर प्रदान गरिनेछ ।
रोजगारीकाअवसरमा महिलालाई प्राथमिकतादिने परियोजनामा७० प्रतिशतमहिलालाई प्राथमिकतामा राखीविपन्नवर्गलाई लक्षितगर्दै २६० जनाले प्राङ्गारिक मल र बायोग्याँस उत्पादनतथाव्यवसायिक जैविक खेती सम्बन्धी सीप तथा रोजगारको अवसर प्राप्त गर्नेछन् । यस्तै नगरपालिकाभित्रका २६० घरधुरीलाई प्राङ्गारिक मलउत्पादन गर्ने सीप तथाप्रविधिप्रदान गरिनेछ । आयोजनाले व्यवस्थितफोहोर संकलनतथाफोहोर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक तथाप्राविधिक सहयोग प्रदान गर्नेछ ।
त्यस्तै परियोजनाअन्तर्गत् यूएनडीपीले तिलोत्तमानगरपालिकालाई कोभिड–१९ पश्चातको हरित पुनःस्थापना सम्बन्धी योजनाको निर्माण र कार्यान्वयन गर्न टेवा पु¥याउने जनाइएको छ । परियोजनाले हरित पुनःस्थापनामा फोहोरमैलाव्यवस्थापनको महत्वदर्शाउनुको साथै फोहोर व्यवस्थापनमापनिप्रशस्तआर्थिक अवसरहरू सिर्जना हुनसक्छन् भन्ने उदाहरणको प्रस्तुत गर्ने नगर प्रमुखघिमिरेको भनाइ छ ।
ग्रीनतिलोत्तमा, क्लिनतिलोत्तमा नाराको साथअगाडिबढिरहेको तिलोत्तमामा यस परियोजनाले अझप्रभावकारी रुपमाफोहोर व्यवस्थापनको काम गर्ने उहाँको विश्वास छ । नगर उपप्रमुख जगेश्वरीदेवी चौधरीले नगर क्षेत्रमाउत्पादनहुने फोहरलाई परियोजनामार्फत् दिगो व्यवस्थापनमा सहयोग पुग्ने र साझेदारीको अवधारणाले स्थानीय समुदायलाई आयोजनाप्रतिअपनत्वको भावनाजगाउनमद्दत पु¥याउने बताए । प्रमुखप्रशासकीयअधिकृत प्रदीपपौडलले यो साझेदारीले फोहोरमैला व्यवस्थापनमा नगरपालिकाको फोहर मैलाव्यवस्थापनको एकीकृत योजनाबन्ने र ग्रीनतिलोत्तमा, क्लिनतिलोत्तमाको लक्ष्य हासिल गर्न टेवापुग्ने विश्वास प्रकट गरे । तिलोत्तमा नेपालको पहिलो पूर्णसरसफाई उन्मुखनगरपालिका हो ।